News Portal

दरबारमार्गमा कुटपिट: तरूण दलका नेतासहित ८ जना पक्राउ

दरबारमार्ग स्थित लिक्विड लञ्ज बारमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जना पक्राउ परेका छन्।

Sangeeta Gurung
३२३ पटक

काठमाडौं – दरबारमार्ग स्थित लिक्विड लञ्ज बारमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जना पक्राउ परेका छन्।

शनिबार बिहान ३ बजे बैतडीका रमेश भट्टमाथि कुटपिट भएको थियो। सिसिटिभी फुटेजमा देखिएअनुसार, शौचालयबाट निस्किएका भट्टलाई समूहले आक्रमण गरेको थियो। कुटपिटबाट घाइते भएका भट्टको टाउकोमा चोट लागेको छ । अहिले उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीले अनुसन्धान पछि प्रमुख अभियुक्त कुलध्वज तामाङ सहित अन्य ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा तरूण दलका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र अन्य स्थानीय नेता रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...