News Portal

  • दरबारमार्गमा कुटपिट: तरूण दलका नेतासहित ८ जना पक्राउ

    दरबारमार्ग स्थित लिक्विड लञ्ज बारमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जना पक्राउ परेका छन्।

    Sangeeta Gurung
    १८८ पटक

    काठमाडौं – दरबारमार्ग स्थित लिक्विड लञ्ज बारमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जना पक्राउ परेका छन्।

    शनिबार बिहान ३ बजे बैतडीका रमेश भट्टमाथि कुटपिट भएको थियो। सिसिटिभी फुटेजमा देखिएअनुसार, शौचालयबाट निस्किएका भट्टलाई समूहले आक्रमण गरेको थियो। कुटपिटबाट घाइते भएका भट्टको टाउकोमा चोट लागेको छ । अहिले उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    प्रहरीले अनुसन्धान पछि प्रमुख अभियुक्त कुलध्वज तामाङ सहित अन्य ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा तरूण दलका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र अन्य स्थानीय नेता रहेका छन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...