News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एमालेमा जान वामदेवले खोजे भाउ, एकीकृत समाजवादीमा भित्र्याउने माधवको दाउ

    हिमालीसंचार संवाददाता
    १६३ पटक

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ।

    विगत ६ दिनदेखि निरन्तर जारी रहेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले आज वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा निर्णय गर्ने बताइएको छ।

    बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा आज छलफल हुने र निश्कर्ष निकालिने बताइएको छ।

    राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य गौतमलाई पार्टी प्रवेशका लागि मार्ग प्रशस्त गर्दा पनि उनी नेकपा (एमाले) जान हिचकिचाइरहेका छन।

    गौतम एमालेका पूर्व उपाध्यक्षसमेत हुन्। माओवादी केन्द्र र नेकपा (एमाले) मिलेर बनेको नेकपा विभाजनपछि उनी कुनै दलतिर पनि नलागी अभियानको संयोजक भएर बसेका छन्।

    वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले ७० वर्षे उमेर हद हटाएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झस्किएका वामदेव उमेर हद हटाउँदा पनि पार्टी प्रवेशका लागि तयार भएनन्।

    एकीकृत समाजवादीमा अहिले स्वर्गीय नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्ने विषयमा मतैक्यता छैन। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जबजको पक्षधर देखिएका छन्।

    सम्मानित नेता झलनाथ खनाल भनेर जबज स्वीकार गर्न नहुने र पार्टीले जबज नै स्वीकार गरेर अगाडि बढ्ने हो भने एकीकृत समाजवादीमा भन्दा एमालेमै जनता आकर्षित हुने बताउँदै आएका छन्। सम्मानित नेता खनालले त जबजलाई ‘दक्षप्रजापतिको घाँटीमा जोडिएको बोकाको उल्टो टाउको’ संज्ञा दिँदै आएका छन्।

    जबज स्वीकार गर्नुपर्ने पक्षमा वामदेवले एकीकृत समाजवादीलाई प्रस्ताव पठाएका थिए। सो प्रस्तावमाथि आज छलफल भएर पास भएमा वामदेव केही दिनमा नै एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    फुलखर्क कल्याणकारी समाजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न, भिष्मराज नेपाल अध्यक्षमा

    धादिङ – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको फुलखर्क कल्याणकारी समाजले आफ्नो...

    रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता

    २१ पुस, काठमाडौँ – कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा...

    दीपक मनाङेले पुनरावेदनमा गरेको दाबी अस्वीकार, पाँच वर्षको कैद ठहर

    पुस २१, काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेउर्फ राजीव गुरुङको...

    एमाले–माओवादी तनाब: ओलीद्वारा प्रचण्डमाथि अस्थिरताको आरोप

    काठमाडौं, पुस २१ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

    आज नेपाली बजारमा सुनको भाउ घट्यो, चाँदी स्थिर

    पुस २१, काठमाडौँ – आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...