News Portal

नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका खेल सम्पन्न

यी हुन बढी रन बनाउने उत्कृष्ट पाँच ब्याटर !

हिक्मत कुमार शाही
४८१ पटक

पौष ०२, २०८१ मंगलवार। नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका सबै खेलहरु सम्पन्न भैइसकेका छन । एनपिएलमा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स बिच भएको लिगको अन्तिम खेल हो । सोमबार टि यु कृकेट मैदानमा भएको अन्तिम खेल सम्पन्न हुदा प्लेअफमा पुग्ने ४ टोलिको अन्तिम टुंगो पनि लागेको छ ।

प्लेअफमा पुग्ने ४ टोलिको अन्तिम टुंगो लागे पछी क्वालिफायरका खेलहरु बुधबारबाट सुरु हुने एनपिएलको खेल तालिकामा उल्लेख गरिएको छ । एनपिएलमा सहभागी ८ वटा फ्रेन्चाईज टिमले लिग चरणका समान ७/७ खेल खेली सकेका छन । लिग चरणका सबै खेल सम्पन्न हुँदै गर्दा आज हामी एनपिएलमा सबै भन्दा बढी रन बनाउने उत्कृष्ट पाँच ब्याटर अर्थात खेलाडिहरुको बारेमा चर्चा गर्दै तपाईलाई जानकारी दिन गैइरहेका छौ ।

सबैभन्दा पहिला एनपिएलमा उत्कृष्ट पाँच नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह एरी । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १६७ को स्ट्राइक रेटमा १९८ रन बनाएका छन । एनपिएलमा दीपेन्द्रले एक खेलमा ५७ रनको अर्धसतकिए पारी खेलेका छन । दीपेन्द्रले सात खेल खेल्दा एक अर्धसतक बनाउदै कुल १४ चौका र ११ छ्क्काको मद्दतमा १९८ रन बनाउदै एनपिएलको उत्कृष्ट पाँच भित्र रहने ब्याटरको सुचिमा रहेका छन ।

यस्तै एनपिएलमा उत्कृष्ट ४ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन चितवन राईनोजका कप्तान कुशल मल्ल । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १२६ को स्ट्राइक रेटमा २०२ रन बनाएका छन । एनपिएलमा मल्लले एक खेलमा ७२ रनको अर्धसतकिए पारी खेलेका छन । मल्लले सात खेल खेल्दा एक अर्धसतक बनाउदै कुल ११ चौका र १४ छ्क्काको मद्दतमा २०२ रन बनाउदै एनपिएलको उत्कृष्ट ४ भित्र रहने ब्याटरको सुचिमा रहेका छन ।

यस्तै एनपिएलमा उत्कृष्ट ३ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौस । उनले एनपिएलमा लिग चरणका ६ खेल खेल्दा अहिलेसम्म कुल १६४ को स्ट्राइक रेटमा २२४ रन बनाएका छन । अमेरिकाको राष्ट्रिय कृकेट टिमबाट खेल्ने गौस एनपिएलमा अहिलेसम्म सतक प्रहार गर्ने एकमात्र खेलाडी हुन ।

एनपिएलको पहिलो सिजनमा पहिलो सतक हान्ने खेलाडीमा गौसले आफ्नो नाम दर्ता गराएका छन । एनपिएलमा लिग चरणका सबै खेलहरु सम्पन्न भैइसक्दा अन्य खेलाडीहरुले सतक हान्न सकेका छैनन । गौसले एक खेलमा १०४ रनको अभिजित सतकिय पारी खेलेका छन । उनले ६ खेल खेल्दा एक सतक बनाउदै कुल ३० चौका र ९ छ्क्काको मद्दतमा २२४ रन बनाउदै एनपिएलको उत्कृष्ट ३व भित्र रहने ब्याटरको सुचिमा रहेका छन ।

यस्तै एनपिएलमा उत्कृष्ट २ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन चितवन राईनोजका अनुभवी खेलाडी रबि बोपारा । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १३१ को स्ट्राइक रेटमा २३३ रन बनाएका छन । एनपिएलमा बोपाराले एक खेलमा ५९ रनको अर्धसतकिय पारी खेलेका छन । बोपाराले सात खेल खेल्दा दुई अर्धसतक बनाउदै कुल २१ चौका र ७ छ्क्काको मद्दतमा २३३ रन बनाउदै एनपिएलको उत्कृष्ट २ भित्र रहने ब्याटरको सुचिमा रहेका छन।

र एनपिएलमा उत्कृष्ट १ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १३१ को स्ट्राइक रेटमा २७९ रन बनाएका छन । एनपिएलमा पौडेलले एक खेलमा ९५ रनको अर्धसतकिय पारी खेलेका छन । उनी एनपिएलमा सतक प्रहार गर्न मात्र ५ रनले चुकेका हुन।

एनपिएलमा पौडेलले उत्कृष्ट ब्याटिङ गरेपनी लिग चरणमा टिमको प्रदर्शन भने राम्रो हुन सकेन । एक खेलमा मात्र जित निकालेको लुम्बिनी लायन्सले ६ खेलमा पराजित भएको छ । पौडेलले सात खेल खेल्दा दुई अर्धसतक बनाउदै कुल २६ चौका र ११ छ्क्काको मद्दतमा २७९ रन बनाउदै एनपिएलको उत्कृष्ट १ भित्र रहने ब्याटरको सुचिमा रहेका छन । पौडेल नेपाली राष्ट्रिय कृकेट टोलिका कप्तान पनि हुन।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...