News Portal

  • नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका खेल सम्पन्न

    यी हुन बढी रन बनाउने उत्कृष्ट पाँच ब्याटर !

    हिक्मत कुमार शाही
    ४१४ पटक

    पौष ०२, २०८१ मंगलवार। नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका सबै खेलहरु सम्पन्न भैइसकेका छन । एनपिएलमा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स बिच भएको लिगको अन्तिम खेल हो । सोमबार टि यु कृकेट मैदानमा भएको अन्तिम खेल सम्पन्न हुदा प्लेअफमा पुग्ने ४ टोलिको अन्तिम टुंगो पनि लागेको छ ।

    प्लेअफमा पुग्ने ४ टोलिको अन्तिम टुंगो लागे पछी क्वालिफायरका खेलहरु बुधबारबाट सुरु हुने एनपिएलको खेल तालिकामा उल्लेख गरिएको छ । एनपिएलमा सहभागी ८ वटा फ्रेन्चाईज टिमले लिग चरणका समान ७/७ खेल खेली सकेका छन । लिग चरणका सबै खेल सम्पन्न हुँदै गर्दा आज हामी एनपिएलमा सबै भन्दा बढी रन बनाउने उत्कृष्ट पाँच ब्याटर अर्थात खेलाडिहरुको बारेमा चर्चा गर्दै तपाईलाई जानकारी दिन गैइरहेका छौ ।

    सबैभन्दा पहिला एनपिएलमा उत्कृष्ट पाँच नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह एरी । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १६७ को स्ट्राइक रेटमा १९८ रन बनाएका छन । एनपिएलमा दीपेन्द्रले एक खेलमा ५७ रनको अर्धसतकिए पारी खेलेका छन । दीपेन्द्रले सात खेल खेल्दा एक अर्धसतक बनाउदै कुल १४ चौका र ११ छ्क्काको मद्दतमा १९८ रन बनाउदै एनपिएलको उत्कृष्ट पाँच भित्र रहने ब्याटरको सुचिमा रहेका छन ।

    यस्तै एनपिएलमा उत्कृष्ट ४ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन चितवन राईनोजका कप्तान कुशल मल्ल । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १२६ को स्ट्राइक रेटमा २०२ रन बनाएका छन । एनपिएलमा मल्लले एक खेलमा ७२ रनको अर्धसतकिए पारी खेलेका छन । मल्लले सात खेल खेल्दा एक अर्धसतक बनाउदै कुल ११ चौका र १४ छ्क्काको मद्दतमा २०२ रन बनाउदै एनपिएलको उत्कृष्ट ४ भित्र रहने ब्याटरको सुचिमा रहेका छन ।

    यस्तै एनपिएलमा उत्कृष्ट ३ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौस । उनले एनपिएलमा लिग चरणका ६ खेल खेल्दा अहिलेसम्म कुल १६४ को स्ट्राइक रेटमा २२४ रन बनाएका छन । अमेरिकाको राष्ट्रिय कृकेट टिमबाट खेल्ने गौस एनपिएलमा अहिलेसम्म सतक प्रहार गर्ने एकमात्र खेलाडी हुन ।

    एनपिएलको पहिलो सिजनमा पहिलो सतक हान्ने खेलाडीमा गौसले आफ्नो नाम दर्ता गराएका छन । एनपिएलमा लिग चरणका सबै खेलहरु सम्पन्न भैइसक्दा अन्य खेलाडीहरुले सतक हान्न सकेका छैनन । गौसले एक खेलमा १०४ रनको अभिजित सतकिय पारी खेलेका छन । उनले ६ खेल खेल्दा एक सतक बनाउदै कुल ३० चौका र ९ छ्क्काको मद्दतमा २२४ रन बनाउदै एनपिएलको उत्कृष्ट ३व भित्र रहने ब्याटरको सुचिमा रहेका छन ।

    यस्तै एनपिएलमा उत्कृष्ट २ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन चितवन राईनोजका अनुभवी खेलाडी रबि बोपारा । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १३१ को स्ट्राइक रेटमा २३३ रन बनाएका छन । एनपिएलमा बोपाराले एक खेलमा ५९ रनको अर्धसतकिय पारी खेलेका छन । बोपाराले सात खेल खेल्दा दुई अर्धसतक बनाउदै कुल २१ चौका र ७ छ्क्काको मद्दतमा २३३ रन बनाउदै एनपिएलको उत्कृष्ट २ भित्र रहने ब्याटरको सुचिमा रहेका छन।

    र एनपिएलमा उत्कृष्ट १ नम्बरमा रहदै बढी रन बनाउने ब्याटर हुन लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल । उनले एनपिएलमा लिग चरणका सात खेल खेल्दा अहिलेसम्म कुल १३१ को स्ट्राइक रेटमा २७९ रन बनाएका छन । एनपिएलमा पौडेलले एक खेलमा ९५ रनको अर्धसतकिय पारी खेलेका छन । उनी एनपिएलमा सतक प्रहार गर्न मात्र ५ रनले चुकेका हुन।

    एनपिएलमा पौडेलले उत्कृष्ट ब्याटिङ गरेपनी लिग चरणमा टिमको प्रदर्शन भने राम्रो हुन सकेन । एक खेलमा मात्र जित निकालेको लुम्बिनी लायन्सले ६ खेलमा पराजित भएको छ । पौडेलले सात खेल खेल्दा दुई अर्धसतक बनाउदै कुल २६ चौका र ११ छ्क्काको मद्दतमा २७९ रन बनाउदै एनपिएलको उत्कृष्ट १ भित्र रहने ब्याटरको सुचिमा रहेका छन । पौडेल नेपाली राष्ट्रिय कृकेट टोलिका कप्तान पनि हुन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...