News Portal

  • पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    हिमालीसंचार संवाददाता
    २४२ पटक

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ।

    पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

    यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

    उनका अनुसार मङ्गलबार मात्रै एक दर्जन बढी विदेशी नागरिक पाथीभरा आएका छन्।

    नेदरल्याण्डसहित अन्य ठाउँबाट आएका पर्यटकहरूले पाथीभरामा पूजाआजासँगै यहाँबाट देखिने हिमालको अवलोकन गरेर रमाएका उनको भनाइ छ।

    मङ्गलबार नेदरल्याण्डका नागरिक लिएर पाथीभरा आउनुभएका जेआरएन ट्रेक एण्ड एक्सपिडिसनका गाइड रवि लामाले आफूले तेस्रो पटक पाथीभरामा विदेशी नागरिक लिएर आएको बताए।

    उनीसँग आएका पर्यटकले नेपालको धर्म र प्रकृतिलाई मन पराउने प्रतिक्रिया दिएका थिए। गत साउनदेखि कात्तिक मसान्तसम्ममा ४ सय ७८ जना विदेशी नागरिक पाथीभरामा आएका छन्।

    यसमा सबैभन्दा बढी भारतबाट आएका काफ्लेपाटीस्थित पर्यटक सहायता प्रहरी कक्षका प्रहरी सहायक निरीक्षक शिशिर कोइरालाले बताए।

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार प्रवर्द्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ।

    पर्यटकीय पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धन गर्दै गएमा दिनानुदिन बाह्य पर्यटकको सङ्ख्या बढ्दै जाने समितिले विश्वास लिएको छ। हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन्।

    पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिनाअघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ।

    समितिद्वारा पाथीभरामा आउने भक्तजनको सहजताका लागि पाथीभरा पदमार्ग, यहाँका शौचालय, खानेपानी लगायतका भौतिक पूर्वाधारको स्तरोन्नति तथा निर्माण गर्ने कार्य जनाइएको छ।

    मन्दिर क्षेत्रमा सहज सञ्चार सुविधाका लागि इन्टरनेट सहितको टेलिफोन टावर निर्माण गर्ने र पदमार्गमा सोलार बत्ती जडानका लागिसमेत पहल भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...

    थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

    नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत...

    श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

    रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक...