News Portal

सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो।

भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ।

‘भन्सार महसुल घटाउने निर्णयले सुनको मूल्य तोलामा करिब १५ हजार रुपैयाँले घट्नेछ,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘एकैपटक समायोजन गर्ने वा केही दिनको अन्तरालमा गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंक र सरकारी निकायहरूसँग छलफलपछि निर्णय हुनेछ।’

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीको महसुल १५ प्रतिशतबाट १० प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

यसअघि सुनमा तोलामा २९ हजार रुपैयाँ भन्सार महसुल लाग्दै आएकोमा अब १४ हजार रुपैयाँ मात्रै लाग्नेछ। यसले गर्दा सुनको मूल्य झण्डै १५ हजार रुपैयाँले घट्ने अनुमान गरिएको छ।

चाँदीको मूल्य पनि भन्सार महसुल घटेसँगै समायोजन हुने महासंघले जनाएको छ। हाल (आइतबार) छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ।

सरकारको निर्णयले सुनचाँदीको व्यापार र उपभोक्ताको क्रयशक्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मूल्य समायोजनको मिति र प्रक्रियाबारे थप जानकारी छिट्टै सार्वजनिक हुने अनुमान छ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...