News Portal

सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो।

भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ।

‘भन्सार महसुल घटाउने निर्णयले सुनको मूल्य तोलामा करिब १५ हजार रुपैयाँले घट्नेछ,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘एकैपटक समायोजन गर्ने वा केही दिनको अन्तरालमा गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंक र सरकारी निकायहरूसँग छलफलपछि निर्णय हुनेछ।’

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीको महसुल १५ प्रतिशतबाट १० प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

यसअघि सुनमा तोलामा २९ हजार रुपैयाँ भन्सार महसुल लाग्दै आएकोमा अब १४ हजार रुपैयाँ मात्रै लाग्नेछ। यसले गर्दा सुनको मूल्य झण्डै १५ हजार रुपैयाँले घट्ने अनुमान गरिएको छ।

चाँदीको मूल्य पनि भन्सार महसुल घटेसँगै समायोजन हुने महासंघले जनाएको छ। हाल (आइतबार) छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ।

सरकारको निर्णयले सुनचाँदीको व्यापार र उपभोक्ताको क्रयशक्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मूल्य समायोजनको मिति र प्रक्रियाबारे थप जानकारी छिट्टै सार्वजनिक हुने अनुमान छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...