News Portal

उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौँ। आसन्न उपनिर्वाचनमा चार गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सुर्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरूले मात्रै उम्मेदवारी दिन पाउने भएका हुन्।

ती गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरू पदमा बहाल रहेकाले राजनीतिक दलहरूबाट महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो।

उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ।

तीमध्ये ४ वटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो।

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका ठाउँमा भने यो व्यवस्था अनिवार्य हुनेछैन।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख वा उपप्रमुख पदमा रिक्त स्थानीय तहमा एउटा पदमा यसअघि नै पुरुष निर्वाचित भए महिलाको मात्रै उम्मेदवारी हुने निर्णय भएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...