News Portal

  • अनुषा थापाको मौलिक झ्याउरे गीत “माया” सार्वजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७६५ पटक

    काठमाडौं : चर्चित लोक दोहोरी गायिका अनुषा थापाको मौलिक झ्याउरे “माया” गीति एल्बम बजारमा सार्वजनिक भएको छ ।

    म्याग्दी बराङ्गजा पखेरोमा जन्मिएकी थापा जीवन विलाशिन्ता स्पेनमा बसोबास गर्दै अाएकी छिन् । जहाँ  रहेपनि सानै देखि नेपाली तनमन गीत संगीत प्रति रुचि राख्ने सच्चा संगीत प्रेमी मन हुन् ।

    सानै देखि नेपाली लोक गीत भन्दा मरिहत्ते गर्ने थापा यति बेला दर्जनौं गीतका मालिक बनेका छन् । हालै सार्वजनिक भएको झ्याउरे गीत “माया” एल्बम पनि अाफ्नै स्वर, लय, र अाफ्नै प्रस्तुतिमा बजारमा ल्याएकी छिन् ।

    माया, झ्याउरे गीतमा कुमार पुन र अनुषा थापाको स्वर रहेको छ, भने प्रकाश सपुट र रिना थापा मगरको विजोड अभिनय देख्न पाइन्छ । उक्त गीतलाई स्मृति तिम्लसिना “गुरुआमा”ले निर्देशन गरेकी छन्  । कुमार पुनको युटुब च्यानलबाट बजारमा ल्याइएको छ ।

    अनुषा थापाको अघिल्ला गीतहरुको कुरा गर्दा “फेसबुक सालैजो, “मेसेन्जर रोधीघर, “तिरीमिरी झ्याइ, बजारमा अाइसकेका छन् भने अब बजारमा अाउन तयारी रहेका गीतहरु “रोइला भाका, र “फेसबुक सालैजो भाग २, अाउने अवस्थामा छन् ।

    दर्जनौं लोक दोहोरी गीत दर्शक श्रोता माझ लिएर अाफुलाई संगीत क्षेत्रमा स्थापित गर्न सफल हुनुभएको छ अर्थात साच्चिकै सबैको “माया, बन्नु भएको छ अाउनुहोस् यो पटक कसरी माया साट्नु भएको भिडियो हेर्नुहोस् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...