News Portal

प्रदेशसभाका स्वतन्त्र उम्मेदवार ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
६०० पटक

दार्चुला : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुको गृहजिल्ला दार्चुलामा कांग्रेस प्रवेशको लहर चलेको छ। यसैक्रममा यहाँको प्रदेशसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रघुविर सिह ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिए चुनाव लडेका समाजसेवी ठगुन्ना आज एक कार्यक्रमका विच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वर्तमान सरकारका कामकारबाही देखी उदासिन र दुखी भएका ठगुन्नाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा प्रवेश गरी सरकारलाई सही दिशा तर्फ लाग्न सुझाव दिन नेपाली कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । साथै उहाले नेपाली कांग्रेसको राष्ट्रियता लोकतन्त्र र समाजबाद मन परेका कारण प्रवेश गरेको समेत बताएका छन् ।

समाजसेवी ठगुन्नालाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य माननिय दिलेन्द्र प्रसाद बडूले नेपाली कांग्रेसको सदस्यता वितरण गर्दै आफ्नो पार्टीमा स्वागत गर्नु भएको छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीका नेकपाका क्रियाशिल सदस्य जय सिह बोहरालाई समेत पार्टीमा स्वागत गर्नु भएको छ । बोहरा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश हुनु भएको छ ।

यसैगरी ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराका अनविर सिह कुवरलाई पनि नेपाली कांग्रेस पार्टीमा स्वागत गरिनुका साथै सदस्यता वितरण गरिएको छ । कुवरले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...