News Portal

कांग्रेसकाे आन्तरिक राजनीतिः कसरी देउवाका सन्निकट बन्न पुगे ‘प्रतिस्पर्धी’ गगन थापा

हिमालीसंचार संवाददाता
४१२ पटक

काठमाडौं। नेपालका कम्युनिस्ट पार्टीभित्रको आन्तरिक लोकतन्त्र निक्कै जोखिमयुक्त अवस्थामा रहेपनि यस परम्परालाई जीवित राख्ने पार्टी हो, नेपाली कांग्रेस।

कांग्रेसबाहेकका दलमा आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाले राजनीतिक छवि र व्यक्तित्व नै धराशायी पारिएको देखिएका छन्। यद्यपि, कांग्रेसमा त्यस्तो अवस्था छैन, अहिलेचाहिँ।

एमालेमा केपी ओलीको उदयसँग माधवकुमार नेपाल, झलनाथ खनालहरु कर्नरमा मात्र पुगेनन्, विभाजन गरेर अर्को दल खोल्न विवश पनि भएका छन्। आन्तरिक आलोचना गरेका कारण नै भिम रावल एमालेको स्पष्टीकरण दिन बाध्य भएका पूर्व उपाध्यक्ष हुन्।

माओवादीका प्रचण्डको विकल्प नै तयार गरिएको छैन। यहाँसम्मकी प्रचण्डको सार्वजनिक रुपमा आलोचना पहिलोपटक जनार्दन शर्माबाट केही महिनाअघि मात्र सुनिएको थियो, तथापी विकल्प चाहिँ खोज्ने कोशिशसम्म हुन सकेन।

कांग्रेसमा पराजय नै हुने स्थिति बनेपनि संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रिए। सामान्यतया अन्य दलमा हो भने प्रतिस्पर्धीको जरो नै काट्ने काम हुने थियो।

तर, महामन्त्री थापा आफ्नै प्रतिस्पर्धामा उत्रिँदा पनि देउवाले सन्निकट राखेका छन्। अझ भनौ, अहिले देउवाका सेनापति नै थापा हुन्। उच्च स्रोतले भन्यो,‘१५औं महाधिवेशनमा देउवा सभापतिमा उम्मेदवार नहुँदा थापालाई नै अगाडि बढाएर जाने सुरमा छन्। अहिलेसम्मको परिदृश्य त्यस्तै देखिन्छ।’

तर आगामी महाधिवेशनमा सभापति हुन चाहने निक्कै छन्। देउवा क्याम्पकै कुरा गर्दा उपसभापति पूर्णबहादुर खड्का एउटा अर्का प्रतिस्पर्धी पात्र हुन्। तर, देउवा भने थापालाई च्यापिरहेका छन्। यसको राजनीतिक अर्थ स्पष्ट हुने विश्लेषकहरू बताउँछन्।

सरकार र पार्टीमा पनि सक्रिय हुन थालेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजनीतिक भविष्यलाई लिएर पनि देउवाले विविध प्रकारका नेतासँगको निकटतालाई बलियो बनाउन थालेको चर्चा हुन्छ।

यो पृष्ठभूमी तयार हुनुपूर्व भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रतिस्पर्धी हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल र महामन्त्री थापाको एउटा समूह बलियो रहेको थियो।

राजनीतिक घटनाक्रम जुन मोडमा अघि बढेपनि कांग्रेसभित्र प्रतिस्पर्धाको प्रचलन भने जीवित नै रहेको छ। यसको अर्को उदाहरण नै आफैंसँग प्रतिस्पर्धा गरेका पौडेललाई थापाकै जोडबलमा स्वास्थ्यमन्त्री बनाइनु पनि हो।

यता, थापालाई १४औं महाधिवेशनमा आफ्नो क्याम्पको महामन्त्रीका उम्मेदवार बनाउँदै जित निकाल्न सहयोग गरेका नेता डा. शेखर कोइराला पनि आगामी महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी बन्दैछन्। देउवा क्याम्पमा रहेका बालकृष्ण खाँणलगायतका नेतासँग उनको निकटता पछिल्ला दिनमा साँघुरो हुन थालेको पनि चर्चा चलिरहेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...