News Portal

कांग्रेसकै नेता खड्काले ‘नामर्द’ भनेपछि मोहन बस्नेत आक्रोशित

वडामा चुनाव जितेर देखाउन चुनौति !

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘नामर्द’ हुने दिन आएको खण्डमा राजनीति नै छाडिदिने बताएका छन्।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता ताराबहादुर खड्काले बस्नेतलाई नामर्द भनेपछि उनी आक्रोशित भएका थिए।

पूर्वमन्त्री बस्नेतले नेता खड्कालाई आफ्नो वडामा चुनाव जितेर देखाउनसमेत चुनौति दिए। आफूले पशुपति शमशेर र अमृतकुमार बोहरालाई समेत हराएको स्मरण गराउँदै उनले ‘म कसरी नामर्द ?’ भन्दै आक्रोश व्यक्त गरे।

‘आज मलाई मनै नपर्ने शब्द यहाँ आइलाग्यो– नामर्द। म इतिहासमा नामर्द कहिल्यै थिईन, नामर्द हुन्न, नामर्द हुने दिन आयो भने म राजनीति पनि गर्दिनँ। गर्दै गर्दिनँ। पशुपति शमशेर र अमृतकुमार बोहरालाई एकै ठाउँमा हराउने मान्छे म। म नामर्द हुन्छु ? अहिले मलाई २ नम्बर क्षेत्र पठायो, इतिहासमा त्यहाँ कहिल्यै चुनाव जितेकै थिएन कांग्रेसले। १२ हजार मतान्तरले मैले चुनाव जितेको छु। म नामर्द हुन्छु ? मेरो पालिका, वडाको कुरा गर्नुहुन्छ भने चुनावमा म बस्नै पर्दैन। मलाई मञ्चमा नामर्द भनिहाल्नुभो। ताराजी सजिलो भएको भए तपाईँको वडा पनि त चुनाव जित्थ्यो होला नि। तपाईको पालिका पनि चुनाव जितिन्थ्यो होला नि ? सजिलो काम छैन यो। गफ दिएरमात्रै हुँदोरहेनछ,’– आक्रोश व्यक्त गर्दै उनले भने।

साथै, फरक प्रसंगमा उनले आफू स्वास्थ्यमन्त्री भएको बेलामा गरेको कामको बेलिबिस्तार सुनाए। उनले आफूले सूर्तिजन्य पदार्थमा कर बढाएर बास्केट फन्ड स्थापना गरी गरिब र विपन्नलाई उपचारको व्यवस्था गर्न खोज्दा आफ्नै पार्टीका तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले नमानेको उनले बताए।

जनकपुर चुरोट कारखाना लिमिटेड खाईदिने सुर्य टोवाको प्रेसरमा तत्कालीन अर्थमन्त्री महतले सुर्तिजन्य पदार्थमा कर बढाउन नमानेको उनको आरोप छ।

‘मैले सुर्तीजन्य पदार्थमा कर बढाऔं, बास्केट फन्डमा पैसा राखौं, यसमा २०औं, २५औं अर्ब पैसा हुन्छ, यसले देशभरीका अस्पतालहरुमा गरिब र विपन्नका लागि निःशुल्क उपचार गराउने फन्ड व्यवस्था गरौं भनेर प्रकृया अगाडि बढाउँदा हाम्रै अर्थमन्त्री ज्यान गए मान्दैनन्। हुँदोरहेछ के भने जनकपुर चुरोट कारखाना खाइदिने सूर्य टोवाले प्रेसर गर्छ, अनि कर बढाउनै नमान्ने,’– उनले भने।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...