News Portal

तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने कार्यको विरोध गरौं – भीम रावल

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं। नेकपा (एमाले)का नेता भीम रावलले जनताको बहुदलीय जनवाद, पार्टी परम्परा र संवैधानिक हकविपरीत नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्।

उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोधिएको आरोप लगाएका हुन्।

‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफलबिना पदको दुरूपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं,’ उनले लेखेका छन्।

पार्टीको सचिवालय बैठकले पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। त्यसविरूद्ध रावलको गृहजिल्लाका एमालेका नेता–कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए। आफ्नो पक्षमा उभिनेप्रति स्पष्टीकरण सोधिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...