News Portal

काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौँ। नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गर्न लागेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो। सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ।

सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन र खबरदारी सभा गर्दैछ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, भ्रष्टाचारजन्य गतिबिधिलाई सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरण, बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन खबरदारी सभा आयोजना गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...