News Portal

पर्यटक आकर्षित गर्दै मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य
३५९ पटक

म्याग्दी। यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ। आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ।

मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ। वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन्।

घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ। ताल वरपर भौतिक पूर्वाधार निर्माण गरिएको छ भने, पर्यटकको सुविधाका लागि रेष्टुरेन्ट सञ्चालन गरिएको छ।

निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर टिकटक बनाउने, फोटो र भिडियो खिच्ने गर्दछन्।

ढुम्बा ताल प्राकृतिक सुन्दरताको खानी रहेको ताल अवलोकनका लागि पुग्नुभएका पर्वतका प्रमोदराज रेग्मीले बताउनुभयो।

उपल्लो मुस्ताङ, कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेको घरपझोङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप थकालीले बताउनुभयो।

जोमसोमदेखि ठिनी हुँदै ढुम्बा ताल पुग्ने सडक विस्तार र तालवरपर पर्यटन पूर्वाधार निर्माण गरिएकाले पछिल्ला केही वर्षयता तालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ १ सय ३० मिटर छ। १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...