News Portal

शेरबहादुर–गगन सम्बन्धको अर्थ, शेखर के गर्दैछन् ?

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापा अहिले पनि नेता शेखर कोइराला क्याम्पका नेता भनी टिप्पणी गरिन्छ। तर, यो अतित भइसक्यो। महामन्त्री थापा अहिले सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटका सबैभन्दा विश्वाशिला पात्र बनिसकेका छन्।

यति मात्र होइन, यदि महाधिवेशनमा विधान संशोधन भएन भने देउवाका उत्तराधिकारी नै थापा हुन्। यसैले पनि कांग्रेसमा थापा अहिले निर्णायक मानिन्छन्। दुई महामन्त्री मध्यमा शक्तिशाली मात्र होइन, सृजनशील पनि ठानिन्छन्।

राजनीतिक दाउपेचका रणनीतिकारका रुपमा देउवाले महामन्त्री थापालाई अगाडि सारीसकेका छन्। यो सम्बन्ध अब चुम्बकीय बनिसकेको थियो।

पहिला उत्तरी र दक्षिणी चुम्बकीय सम्बन्ध अहिले पूर्वीय र पश्चिमी विन्दुमा पुगिसकेको स्पष्ट चित्र देखिन्छ। यसको पछिल्लो उदाहरणचाहिँ प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने लगभग सहमति भएको थियो।

तर देउवा अझ पनि सल्लाह गरेर मात्र निधो दिने पक्षमा थिए। त्यसको निर्णय लिनका लागि देउवाले अरुकोहीसँग सल्लाह गरेनन्, सिधा महामन्त्री थापासँग परामर्श लिए।

उच्च स्रोतका अनुसार थापाले तत्काल यस्तो निर्णयमा जाँदा सजिलो स्थिति नहुने सल्लाह दिए, सोहीअनुसार देउवाले ओलीलाई कांग्रेसको स्ट्यान्ड सुनाएपछि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित हुन पुग्यो।

सरकारमा अहिले शक्तिशाली रहेकी देउवापत्नी तथा कांग्रेस नेत्री परराष्ट्रमन्त्री आरजु राणाको कांग्रेस पदाधिकारीमा उपसभापतिमा उदय गराउनका लागि भएपनि थापालाई सभापतिमा सघाउन सक्नेगरी सम्बन्धको विस्तार भइरहेको छ।

कांग्रेसका एक नेता भन्छन्,‘कसले भन्छ महामन्त्री थापा र सभापति देउवाबीचमा सम्बन्ध राम्रो थिएन भनेर, अहिले यो सम्बन्धको कसी निक्कै मजबुद भैसकेको छ।’

राष्ट्रिय राजनीति कतातिर बग्छ त्यो अलग विषय होला तर कांग्रेस राजनीतिमा देउवाले थापालाई आफ्नो क्याम्पमा असोचनिय महत्वका साथ बुझेका छन्।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...