News Portal

शेरबहादुर–गगन सम्बन्धको अर्थ, शेखर के गर्दैछन् ?

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापा अहिले पनि नेता शेखर कोइराला क्याम्पका नेता भनी टिप्पणी गरिन्छ। तर, यो अतित भइसक्यो। महामन्त्री थापा अहिले सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटका सबैभन्दा विश्वाशिला पात्र बनिसकेका छन्।

यति मात्र होइन, यदि महाधिवेशनमा विधान संशोधन भएन भने देउवाका उत्तराधिकारी नै थापा हुन्। यसैले पनि कांग्रेसमा थापा अहिले निर्णायक मानिन्छन्। दुई महामन्त्री मध्यमा शक्तिशाली मात्र होइन, सृजनशील पनि ठानिन्छन्।

राजनीतिक दाउपेचका रणनीतिकारका रुपमा देउवाले महामन्त्री थापालाई अगाडि सारीसकेका छन्। यो सम्बन्ध अब चुम्बकीय बनिसकेको थियो।

पहिला उत्तरी र दक्षिणी चुम्बकीय सम्बन्ध अहिले पूर्वीय र पश्चिमी विन्दुमा पुगिसकेको स्पष्ट चित्र देखिन्छ। यसको पछिल्लो उदाहरणचाहिँ प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने लगभग सहमति भएको थियो।

तर देउवा अझ पनि सल्लाह गरेर मात्र निधो दिने पक्षमा थिए। त्यसको निर्णय लिनका लागि देउवाले अरुकोहीसँग सल्लाह गरेनन्, सिधा महामन्त्री थापासँग परामर्श लिए।

उच्च स्रोतका अनुसार थापाले तत्काल यस्तो निर्णयमा जाँदा सजिलो स्थिति नहुने सल्लाह दिए, सोहीअनुसार देउवाले ओलीलाई कांग्रेसको स्ट्यान्ड सुनाएपछि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित हुन पुग्यो।

सरकारमा अहिले शक्तिशाली रहेकी देउवापत्नी तथा कांग्रेस नेत्री परराष्ट्रमन्त्री आरजु राणाको कांग्रेस पदाधिकारीमा उपसभापतिमा उदय गराउनका लागि भएपनि थापालाई सभापतिमा सघाउन सक्नेगरी सम्बन्धको विस्तार भइरहेको छ।

कांग्रेसका एक नेता भन्छन्,‘कसले भन्छ महामन्त्री थापा र सभापति देउवाबीचमा सम्बन्ध राम्रो थिएन भनेर, अहिले यो सम्बन्धको कसी निक्कै मजबुद भैसकेको छ।’

राष्ट्रिय राजनीति कतातिर बग्छ त्यो अलग विषय होला तर कांग्रेस राजनीतिमा देउवाले थापालाई आफ्नो क्याम्पमा असोचनिय महत्वका साथ बुझेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...