News Portal

सरकारले हिटलर शैलीमा अध्यादेश ल्याउन खोजेको छ, खबरदार !

किरणमान बज्राचार्य
३०२ पटक

कपिलवस्तु। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिटलर शैलीमा अध्यादेश ल्याउने खोजिएको बताएका छन्।

सोमबार शिवराज नगरपालिको खेरेन्द्रपुरमा ‘पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठक’ लाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी समेत दिए।

अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न आग्रह गरे। सरकारले अरू पार्टीलाई टुक्राउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत दिए।

‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ। ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन्। संसारको इतिहासले बताएको छ। संसार समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो। त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्।’

आफूहरूमा एमाले वा अध्यक्ष केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको पनि उनले धारणा राखे। ‘बरु विकास गरेर देखाउनुहोस्। यो देशले विकास पाएको छैन। देश विकास कसरी गर्ने भन्ने विषयमा हामी सहयोगी बन्छौं। हाम्रो मनमा केपी ओली वा एमाले कसैसँग बदलाको भावना छैन,’ नेपालले भने।

विचार र मन मिल्नेसँग मोर्चा सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए। तर, एकता भने नगर्ने नेता नेपालको भनाइ थियाो।

‘हामी कतै विलीन हुँदैनौं, कसैले माओवादी, कसैले एमालेसँग एकता गर्छ भन्ने अनावश्यकता चर्चा गरेका छन्। त्यसमा सत्यता छैन,’ उनले भने, ‘कसैले पनि मन खुम्चाउनुपर्ने आवश्यकता छैन। हामी कतै विलीन हुँदैनौं। माओवादी र एमालेसँग विलीन हुँदैनौं।’

चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालले सुनाए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...