News Portal

मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली–देउवाको तयारी

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाडौं। सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ।

अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ। मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन्।

मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको हो। तर, अहिले सरकारसँग जनमतको सम्बन्ध बिग्रिँदो छ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत सरकारविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन्। रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै राउतले सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए।

उनले राज्यले लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन्। राउतले हिजोमात्रै पार्टीको सचिवालय बैठकमार्फत सरकारविरुद्ध देशव्यापी आन्दोलन छेड्ने घोषणा गरेका छन्।

राउतको यस्तो निर्णयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मधेश सरकारको नेतृत्व फेर्ने गृहकार्य थालेको बालुवाटरनिकट उच्च स्रोतको दाबी छ। कतिपयले मधेश सरकारको नेतृत्व कसले लिने भन्नेबारे कांग्रेस र एमालेबीच छलफल भएको छ।

हिजोको बालुवाटारको भेटवार्तामापनि यो विषयमा छलफल भएको बताईन्छ। प्रधानमन्त्री ओली मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको दललाई दिनपनि राजी भएको बुझिएको छ।

अहिले उपेन्द्र यादव केन्द्र सरकारकै पक्षमा छन्। उनले सरकारलाई विश्वासको मत दिएका छन्। तर, केन्द्र सरकारमा सहभागी छैनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...