News Portal

एमालेमा फर्किदै प्रेम आले

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता तथा सांसद प्रेम आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका छन्।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा आलेले अब एकीकृत समाजवादीमा रहने अवस्था सकिएको स्पष्ट पारे।

उनले एमालेमा फर्किने तयारी भएको पनि सुनाए। पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन्। उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन्।

असन्तुष्ट सांसदहरुको नेतृत्व भने आलेले नै गरेका छन्। उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन्।

आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन्। उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आज/भोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन्।

कतिपयले आजै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश आउने अड्कलबाजी गरेका छन्।

यसको लागि प्रधानमन्त्री ओलीले हिजो (आइतबार) नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...