News Portal

एमालेमा फर्किदै प्रेम आले

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता तथा सांसद प्रेम आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका छन्।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा आलेले अब एकीकृत समाजवादीमा रहने अवस्था सकिएको स्पष्ट पारे।

उनले एमालेमा फर्किने तयारी भएको पनि सुनाए। पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन्। उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन्।

असन्तुष्ट सांसदहरुको नेतृत्व भने आलेले नै गरेका छन्। उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन्।

आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन्। उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आज/भोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन्।

कतिपयले आजै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश आउने अड्कलबाजी गरेका छन्।

यसको लागि प्रधानमन्त्री ओलीले हिजो (आइतबार) नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...