News Portal

कुमालेहरु तिहारकाे सामाग्री बनाउन ब्यस्त

रबिन्द्र बराल
३१३ पटक

मोरङ। हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी सकिएपछि अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै जाँदा कुमालेहरु व्यस्त हुन थालेका छन।

तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पुजा हुने भएकोले उक्त दिन माटाको दियाे शुद्ध हुने भएकाले उक्त दियाेमा बत्ती बाल्ने चलन समेत रहेको छ।

माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित कदमगाछिका पंन्डित समुदायका कुमालेहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन। उनीहरुले चिम्टाईलाे माटोबाट दियाे, घैला, काेसीया, कुहा, मटकुरी, खुत्रुकेे, हात्ती, ढकना, दलिया लगायतका समाग्रीहरु बनाउन थालेका हुन।

बिगत ८ बर्ष अगाडि यहि पेसाबाट आफुहरुलाई मनग्य आम्दानी हुने गरेकाे तर अहिले बजारमा विभिन्न किसिमका झिलिमिली इलाेट्राेनिक सामान बजारमा आएपछि आफुहरुकाे राेजिराेटि नै गुम्न थालेकाेे र मेहनत अनुसार आफुहरुलाई थाेरै मात्रै फाईदा हुने गरेको सुरेन पंन्डित बताए।

उनले भने पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यस लाई जगेर्ना गरेकाेर माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने गरेको बताए।

माटाेकाे दियाे, घैला लगायत बनाउदा आफुहरुले माट, पराल र दाउरा किन्नका लागि बढी खर्च हुने गरेको कुमालेहरु बताउँछन्। माटोको भाडा बनाउदा सुरुमा भाडा बनाई सकेपछि दिनभरि घाममा सुकाउनुपर्ने र २४ घन्टा देखि ७२ घन्टासम्म आगाेमा पकाउनुपर्ने गरेको पंन्डितले बताए।

उक्त सामग्रीहरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली ,कर्सिया, दाेहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेकाे बताए। उनिहरुले तिहारका लागि बजारमा दियो र घैला ६० रुपैयाँ सयकडाका दरले बिक्री वितरण गर्ने गरेको समेत बताए।

उपभोक्त हरुले समेत घरकै माटाेत हाेनि भन्दै सस्तो मुल्यमा खाेजने गरेको बताए। तर अहिलेका नयाँ पिडिले भने याे पेसालाई बेवास्ता गरेका कारण याेपेसा नै लाेप भएर जाने हाे भन्दै चिन्तित अबस्थामा रहेका छन। अहिले घरका सबै परिवारहरु दियो र घैला बनाउन ब्यस्त हुन थालेको देख्न सिक्छ।

रामकृष्ण पंडितका अनुसार रंगेली नगरपालिकाले कुमालेहरुलाई माटाे, र चर्खा बितरण गरेतापनि सुनवर्सि नगरपालिकाले अहिलेसम्म केहि सहयोग नगरेको आराेप समेत लगाएका छन।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...