News Portal

कुमालेहरु तिहारकाे सामाग्री बनाउन ब्यस्त

रबिन्द्र बराल
२९६ पटक

मोरङ। हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी सकिएपछि अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै जाँदा कुमालेहरु व्यस्त हुन थालेका छन।

तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पुजा हुने भएकोले उक्त दिन माटाको दियाे शुद्ध हुने भएकाले उक्त दियाेमा बत्ती बाल्ने चलन समेत रहेको छ।

माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित कदमगाछिका पंन्डित समुदायका कुमालेहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन। उनीहरुले चिम्टाईलाे माटोबाट दियाे, घैला, काेसीया, कुहा, मटकुरी, खुत्रुकेे, हात्ती, ढकना, दलिया लगायतका समाग्रीहरु बनाउन थालेका हुन।

बिगत ८ बर्ष अगाडि यहि पेसाबाट आफुहरुलाई मनग्य आम्दानी हुने गरेकाे तर अहिले बजारमा विभिन्न किसिमका झिलिमिली इलाेट्राेनिक सामान बजारमा आएपछि आफुहरुकाे राेजिराेटि नै गुम्न थालेकाेे र मेहनत अनुसार आफुहरुलाई थाेरै मात्रै फाईदा हुने गरेको सुरेन पंन्डित बताए।

उनले भने पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यस लाई जगेर्ना गरेकाेर माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने गरेको बताए।

माटाेकाे दियाे, घैला लगायत बनाउदा आफुहरुले माट, पराल र दाउरा किन्नका लागि बढी खर्च हुने गरेको कुमालेहरु बताउँछन्। माटोको भाडा बनाउदा सुरुमा भाडा बनाई सकेपछि दिनभरि घाममा सुकाउनुपर्ने र २४ घन्टा देखि ७२ घन्टासम्म आगाेमा पकाउनुपर्ने गरेको पंन्डितले बताए।

उक्त सामग्रीहरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली ,कर्सिया, दाेहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेकाे बताए। उनिहरुले तिहारका लागि बजारमा दियो र घैला ६० रुपैयाँ सयकडाका दरले बिक्री वितरण गर्ने गरेको समेत बताए।

उपभोक्त हरुले समेत घरकै माटाेत हाेनि भन्दै सस्तो मुल्यमा खाेजने गरेको बताए। तर अहिलेका नयाँ पिडिले भने याे पेसालाई बेवास्ता गरेका कारण याेपेसा नै लाेप भएर जाने हाे भन्दै चिन्तित अबस्थामा रहेका छन। अहिले घरका सबै परिवारहरु दियो र घैला बनाउन ब्यस्त हुन थालेको देख्न सिक्छ।

रामकृष्ण पंडितका अनुसार रंगेली नगरपालिकाले कुमालेहरुलाई माटाे, र चर्खा बितरण गरेतापनि सुनवर्सि नगरपालिकाले अहिलेसम्म केहि सहयोग नगरेको आराेप समेत लगाएका छन।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...