News Portal

दुईतिहाइ बहुमतको दुरुपयोग : योग्यता नै नपुगेकी ‘साली’लाई प्रधानमन्त्री ओलीले बनाए राजदूत

हिमाली संचार संवाददाता
७६२ पटक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी प्रधानमन्त्री पदकै दुरुपयोग गरेका हुन् ।

सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर ४ दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे । जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने । पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएका थिए ।

कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने ‘राजदूत नै बनाएको हो र’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । तर, त्यही कारण उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।

नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो । शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...