News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • थारु बस्तीमा सखिया नाचको रौनक

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    खजुरा। बाँके जिल्लाका थारु समुदाय अहिले सखिया नाचको रौनकले भरिएको छ। दसैँ अघि शुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँ बस्तीको रौनक बढाएको हो।

    दशैंको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ।

    गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन्। थारु गाउँमा दशैं शुरु भएसँगै सखिया नाचको रौनक शुरु हुने टिटिहिरीयाका थारु अगुवा केवलसिंह थारुले बताए।

    दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैँभरी नाचिने उनले सुनाए। उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन्।

    जति धेरै मादल बज्यो त्यति रौनक आउँछ। १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन्।

    सखिया नाचमा विशेषतः थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए।

    उनका अनुसार थारु पहिरनमा सजिएर नाच्ने युवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकर लगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा ७ रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २७, २०८१ (अप्रिल ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा सवारीसाधन चोरी र भत्काउने ६ जना इजिप्टका आपराधिक गिरोह पक्राउ

    कुवेत — कुवेतको अपराध अनुसन्धान महाशाखाले विभिन्न क्षेत्रका फोहोरमैलाबाट सवारीसाधन चोरी गर्ने इजिप्ट नागरिकका ६...

    सदस्यताको आवेदन दिने समय सकियो, अब सम्पूर्ण ध्यान डेलिगेट्समा : एनआरएनए उच्चस्तरीय समिति

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ। अप्रिल...

    तीनकुने घटना : प्रदर्शनमा संलग्न थप ६ जना पक्राउ, अनुसन्धान जारी

    काठमाडौं, चैत्र २६ – राजधानी काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा...

    आजको राशिफल

    आज चैत्र २६, २०८१ (अप्रिल ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...