News Portal

एनआरएनए : आरके शर्मा पक्षले बोलायो बैठक

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा पक्षले अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक बोलाएको छ।

भर्चुअल माध्यममार्फत बस्ने गरी आइतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको शर्माले जानकारी दिए।

बैठकमा पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरूलाई आमन्त्रण गरिएको छ। बैठकका लागि ४ वटा एजेन्डा तय गरिएको उनको भनाइ छ।

जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा तय गरिएको छ।

उनका अनुसार बैठकबाट संघभित्र उत्पन्न परिस्थितिको विषयमा छलफल हुनुका साथै एनआरएनए डे मनाउने विषयमा आवश्यक निर्णय हुनेछ। एनआरएनहरुले अक्टोबर ११ लाई एनआरएनए डेको रुपमा मनाउँदै आएका छन्।

यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गर्नेसहित शुभकामना आदान प्रदानसमेत बैठकका क्रममा हुने बताइएको छ।

गैरआवासीय नेपाली संघमा चर्किएको विवाद समाधान हुन नसकेको अवस्थामा शर्मा पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको अवस्था छ।

गत चैत २१ गते सर्वोच्चले संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्किएर शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न आदेश दिएपनि आफूहरूलाई काम गर्न नदिएको भन्दै बद्री केसी पक्ष फेरि सर्वोच्च गएको थियो।

केसी पक्षको मुद्दामा साउन २२ गते सर्वोच्चले उनलाई काम गर्ने बाटो खुला गरिदिएसँगै संघभित्र फेरि अन्यौलता भएको थियो। यही बीचमा शर्मा पक्षले केसी पक्षले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको जिकिर गर्दै आफूचाहिँ आधिकारिक भएको दाबीसहित अर्को रिट निवेदन दर्ता गराएको थियो।

सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश दिने प्रयोजनका लागि भने सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दाको पेसी अब कात्तिक ५ का लागि तोकिएको छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...