News Portal

तेस्रो आमन्त्रित अन्तर्राट्रिय सञ्जिवनी फुटसल प्रतियोगिता

फस्ट स्टेप काठमाण्डौ, डार्जिलिङ युनाइटेड, ग्रेस फाउण्डेसन गाङटोक, डिआरएफसि धरान, एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनलमा भिड्ने

बिकास चाम्लिङ राई
३७७ पटक

धरान। तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र डार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन।

सञ्जिवनी केन्द्र धरानको आयोजनामा असोज ३ गते देखि सुरु भएको प्रतियोगितामा शुक्रवार भएको ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र डार्जिलिङ्ग युनाइटेडले डिआर एफसि धरानलाई टाइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन।

डार्जिलिङ्ग युनाइटेड र डिआर एफसिले निर्धारित समय सम्म वरावर ३–३ गोल गरेपछि खेल टाइवेकरमा धकेलिएको थियो।

रिकभरिङ्ग भेट्रान तर्फ गे्रस फाउण्डेसन गाङटोकले रिकभरिङ्ग व्रदस सिक्किमलाई १–० र डिआर एफसि धरानले आश्रय काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गदैै फाइनल प्रवेश गरेका हुन।

प्रतियोगिताको फाइनल खेल आसोज ५ गते शनिवार विहान १० वजे देखि सुरु हुनेछ। प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ १४ टिम, भ्रेटान रिकभरिङ्ग तर्फ ७ टिम र महिला रिकभरिङ्ग तर्फ ३ टिमले सहभागिता जनाएको थियो।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फका विजेताले नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। भे्रटान तर्फका विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्राले २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

महिला तर्फका विजेताले नगद २० हजार र दोस्रोले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरि शुक्रवार नै संपन्न भेट्रान रिकभरिङ्ग तर्फको तेस्रो उपाधिको लागि भएको खेलमा आश्रय काठमाण्डौले सिक्किम व्रदस रिकभरिङ्गलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो उपाधि चुमेको छ।

उपाधि संगै आश्रयले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। तेस्रो उपाधि विजेताहरुलाई शनिवार हुने फाइनल खेलपछि पुरस्कार प्रदान गरिने आयोजक सन्जिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी गराए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...