News Portal

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध सार्वजनिक उजुरी आह्वान

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौँ। संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ।

समितिले आज सूचना जारी गर्दै बेल्जियम र अस्ट्रेलियाका लागि सरकारले सिफारिस गरेका दुई राजदूतको विषयमा उजुरी आह्वान गरेको हो।

सरकारले सेवा लम्साललाई बेल्जियम र चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ।

‘उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपर्युक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत् सूचना वा उजुरी दिन यो सूचना प्रकाशित गरिएको छ,’ सुनुवाइ समितिले जारी गरेको सूचनामा भनिएको छ।

राजदूत सिफारिस भएकी लम्साल पराष्ट्र मन्त्रालयकी सचिव हुन् भने यादव पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...