News Portal

सानिमा बैंकले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने

हिमालीसंचार संवाददाता
३६३ पटक

धादिङ –  सानिमा बैंक मलेखु शाखाले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनिसा चेपाङ र नवीन श्रेष्ठलाई छात्रवृत्ति वितरणका लागि छनौट गरेको बैंकका मलेखु शाखाका प्रबन्धक रमेश पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति स्वरुप प्रतिमहिना दुई हजार सहित प्रत्येक विद्यार्थीलाई रु।५० हजार सम्मको छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्ति वितरणका लागी बैंकले विभिन्न निकायका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित छनौट समिति गठन गरेको थियो । सोहि समितिले चेपाङ र श्रेष्ठ लाई छात्रवृत्ति वितरणका लागी सर्वसम्मत रुपमा छनोट गरेको पण्डितले बताए ।

सानिमा बैंकले २०६८र६९ देखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ अध्ययनका लागि २र२ जना विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...