News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • इजरायल सरकारसँग जी.टु.जी सम्झौता

    एलिजर तामाङ
    २०९ पटक

    काठमाडाैँ। पछिल्लो समय नेपाल सरकारले इजरायल सरकारसँग जी टु जी सम्झौता गरी ३ हजार ५०० जनासम्म केयर गिभरलाई इजरायलमा रोजगारीको लागि लाने भन्ने सहमति भएको र पहिलो चरणमा ११७५ जना नेपाली कामदार लगेका थिए भने फेरि इजरायल सरकारले दोस्रो चरणमा असार ११ गते म्याभले सूचना दिएको थियो भने जसअन्तर्गत नियमित तर्फ ५०० जना र वैकल्पिकका ३०० जना गरी कुल ८०० जना लैजाने निर्णय गरेको थियो।

    गत असार १४ गतेका दिन म्याभले ३ दिन भित्रमा वैदेशिक रोजगार विभाग तथा सिटिइभिटीबाट मान्यता प्राप्त भएको संस्थाहरुलाई म्याभको जिमेल ठेगानामा आफूले पढाएका विद्यार्थीहरुको नामावली सहितको विवरण पठाइ सक्न भनिएको थियो। तर त्यति ३ दिनको म्याद दिएपछि म्याभले कुनै सूचना समेत जारी गरेन। तर म्याभले भित्रभित्रै १० दिनको लागि म्याद थप गरेको पाइयो।

    खासगरी परिक्षा दिने संख्या धेरै भएको कारण भित्र भित्रै म्याद थपिएको थियो तर नाम लिष्टको लागि भने म्याद थपिएको थिएन। तर पछि संख्या थपिएको समाचार सार्वजनिक हुनका साथै ३ दिनभित्रमा ४०२४ को संख्यामा आवेदकहरु कहाँबाट समावेश गरियो ? भन्ने प्रश्नको उत्तर समेत फेला पर्न सकेको छैन।

    विशेषत इजरायलमा केयर गिभरको रुपमा कार्य गर्नको लागि नेपाल सरकार अन्तर्गतको सिटिइभिटीबाट करिब १८० संस्थाले मान्यता प्राप्त गरेका छन्। तर मान्यता प्राप्त ८० प्रतिशत संस्थाले ल्याब एवम् पुर्वाधारहरु समेत बनाएका छैनन् भने केयर गिभरको तालिम समेत गराएका छैनन्।

    उल्लेखित बहुसंख्यक संस्थाहरुले हामीहरुले कियर गिभरको तालिम समेत दिएका छैनौँ भनेर खुलेआम भनिरहेको सन्दर्भमा अब सो संस्थालेहरुले कसरी केयर गिभर सर्टिफिकेटहरु प्रदान गरेका हुन् त ? भन्ने प्रश्न समेत खडा भएको छ। कम्तिमा ३९० घण्टाको केयर गिभर सम्बन्धी तालिम दिएको र त्यस्तो तालिमको प्रमाणपत्र प्राप्त व्यक्ति हुनपर्ने शर्त समेत रहेको छ।

    नेपालमा केयर गिभर सम्बन्धी तालिम दिन भनी खोलिएका अधिकांश तालिम एवम् प्रशिक्षण केन्द्रहरुले अहिलेसम्म न्युनतम रुपमा तालिम गर्ने गराउने भौतिक पुर्वाधार एवम् तालिम केन्द्र संचालन नै नगरी केवल ६० घण्टाको तालिम दिएर ३९० घण्टा तालिम दिएको भनी केयर गिभरको प्रमाणपत्र दिइ रहेको अबस्था छ।

    त्यस्तै प्रत्येक व्यक्तिबाट जनही ३० हजार रुपैयाँ रकम असुल गरी पहिला तालिम सिकेको प्रमाणपत्र दिने र पछि ६० घण्टा सिकाई ३९० घण्टा सिकाएको भनी प्रमाणपत्र दिने गरिएको छ। त्यस्तै आजको दिनसम्म नेपाल सरकार र सिटिइभिटीले त्यस्ता प्रशिक्षण केन्द्रहरुमाथि कुनै अनुगमन, निरीक्षण गर्न सकेको छैन।

    त्यस्ता प्रशिक्षण केन्द्रहरुलाई कारबाहीको दायरामा समेत ल्याउन सकेको छैन। अत तालिम सिकाउने भौतिक पुर्वाधार एवम् तालिम केन्द्र नहुँदा नहुँदै सिटिइभिटीले के आधारमा सम्बन्धन दियो भन्ने जिज्ञासा समेत उठेको छ।

    त्यस्तै काठमाडौँको इशा हेल्पलाइन केयर गिभर टेनिङ एण्ड रिसर्च सेन्टरले पनि विद्यार्थीहरुलाई तीन महिना तालिम लिएको भनी विद्यार्थीहरुको हाजिरी कपीमा विद्यार्थी बोलाई सहीछाप गर्न लगाएको, अनुगमनको क्रममा जाँदा संचालकहरुले ६० घण्टा पढेको भएतापनि ३९० घण्टाको सर्टिफिकेट दिन्छौँ भनेका थिए।

    पहिला टेनिङ नदिएर सर्टिफिकेट दिने र पछि ६० घण्टाको तालिम दिएको पाइयो भने कसैलाई त्यो पनि नगराई सर्टिफिकेट बिक्री गरेको समेत देखियो। उल्लेखित इशा हेल्पलाइन विरुद्ध युके पठाउँछु भनी रकम उठाई युके नपठाएको भन्दै ठगी सम्बन्धी मुद्धा समेत परेको अबस्था छ।

    कुनै पनि सिटिइभिटीबाट मान्यता प्राप्त संस्थाले शाखा खोल्न पाउने तर शाखा भनेर नामाकरण गर्न पाउँदैन। अनिवार्य रुपमा शाखाले पनि सिटिइभिटीबाट मान्यता गर्नुपर्ने हुन्छ। तर इशा हेल्पलाइनले त्यस्तो प्रकृया पुरा गरेको पाइदैन। विगतको दिनहरुमा पनि सो संस्थाले युकेमा वर्किङ भिसा लगाई दिन्छु भनी सयौँ विद्यार्थीहरुबाट ठुलो रकम असुली गरी पछि युके नपठाई ठगी गरेको भनी उजुरी समेत परेको अबस्था छ।

    केयर गिभर सम्बन्धी कार्य गर्ने संस्थाले वैदेशिक रोजगारीको लागि कामदार पठाउन मिल्ने वा नमिल्ने यस बारेमा समेत गम्भीर तरिकाले अनुसन्धान गर्न आवश्यक छ, तसर्थ नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।

    अत हामी नेपाल सरकार र सिटिइभिटीसँग यसै पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमार्फत निम्न विषय एवम् मागहरु उठाउन चाहन्छौँ।

    १) बिना पुर्वाधार सेटिङ र आर्थिक चलखेलको आधारमा सिटिइभिटीइबाट मान्यता दिएका केयर गिभर सेन्टरहरुको अनुगमन तथा निरीक्षण गरी तिनीहरुको अनुमति खारेज गरी तिनीहरुलाई तत्काल कारबाही गरियोस्।

    २) भौतिक पुर्वाधार एवम् स्रोत साधन नभई के कसरी सिटिई भिटिइबाट केयर गिभर प्रशिक्षण केन्द्रहरुलाई सम्बन्धन दिएको हो सोको नेपाल सरकारको तर्फबाट अनुगमन, अनुसन्धान गरी आवश्यक कारबाही गरियोस्।

    ३) हाल नेपाल सरकारको तर्फबाट इजरायलमा केयर गिभरको रुपमा २००० जना लैजाने भनी खोलिएको विज्ञापन तत्काल खारेज गरी नयाँ ढंगबाट विज्ञापन खोलियोस्।

    ४) यहाँभन्दा अघि केयर गिभरको रुपमा ईजरायल गएका नेपाली केयर गिभरहरुलाई इजरायल सरकारले तालिम प्रशिक्षण नदिई आएको भनी सार्वजनिक रुपमा आलोचना समेत गरेको हुदा नेपालको छवि अन्र्तराष्ट्रिय रुपमा धुमिल भएको तथा नेपाल र इजरायलबीचको सम्बन्ध समेत बिग्रन लागेको अबस्था हेर्दा सरकारले यस बारेमा गम्भीरतापुर्वक ध्यान पुर्याउनपर्ने देखिन्छ।

    ५) त्यस्ता तालिम केन्द्रहरुमा ईशा हेल्प लाइन टेनिङ एण्ड रिसर्च सेन्टर, केयर गिभर स्कर्डिमिया, भ्याली होम केयर, ओरिण्टेल केयर गिभर टेनिङ सेन्टर र साकुरा मेनपावर लगायत रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    सार्वजनिक यातायात ठप्प पार्ने घोषणा : निजी सवारीलाई सार्वजनिक सवारीसरह मान्यता दिइएपछि व्यवसायी आन्दोलित

    काठमाडौं, जेठ १८ — गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई ‘राइड सेयरिङ’ को नाममा सार्वजनिक सवारीसरह...

    प्रधानमन्त्रीको कडा सन्देश : सुनकोशी–मरिण डाइभर्सन आयोजना ढिलाइमा ठेक्का रद्द हुने सम्भावना

    जनकपुरधाम, जेठ १८ – सुनकोशी–कमला–मरिण डाइभर्सन आयोजना निर्माणमा भइरहेको सुस्त गतिलाई लिएर प्रधानमन्त्री केपी शर्मा...

    गण्डकी सरकारको स्पष्ट सन्देश : ‘नियमावली फिर्ता हुँदैन, वार्तामा बस्न तयार छौं’

    पोखरा, जेठ १८ – राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई विधिसम्मत बनाउँदै गण्डकी प्रदेश सरकारले...

    कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

    काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ।...

    कुवेतस्थित नेपाली दूतावास बारम्बार विवादमा आउनुका कारण ?

    कुवेत, जेठ १८ – कुवेतस्थित नेपाली दूतावासले नेपाली नागरिकहरूलाई विभिन्न कन्सुलर तथा श्रमसम्बन्धी सेवा सुविधा...