News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष लिङ्देनको भेट

हिमालीसंचार संवाददाता
३२९ पटक

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। दमकस्थित चिया बगानमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो।

पार्टी कार्यक्रमका सिलसिलामा अध्यक्ष लिङ्देन गृह जिल्ला झापा पुगेका बेला त्यहीं रहेका पूर्वराजा शाहसँग बुधबार हिमालयन टी गार्डेनमा भेट गरेका हुन्।

भेटमा पूर्वराजासँग लिङ्देनले आफ्नो पार्टीको घोषित कार्यक्रम र राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको राप्रपाका नेताहरुले बताएका छन्।

राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको वकालत गर्दै आएको राप्रपाका अध्यक्ष लिङ्देनले केही समय अगाडि पनि झापामै पूर्वराजासँग भेटेका थिए।

बिर्तामोडस्थित एक विद्यालयमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका पूर्वराजासँग लिङ्देनले भेटेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...