News Portal

दोस्रो केपी राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक

“प्रचारका लागि पत्रकार संग मैत्रिपूर्ण फुटसल खल्ने!”

विकास चाम्लिङ राई, धरान
६१६ पटक

भाद्र-२६, बुधबार/धरान – नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र-२७ गतेदेखि २९ गतेसम्म हुन लागेको दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफी मंगलबार आयोजकले सार्वजनिक गरेका छन्।

प्रतियोगिता प्रचारका लागि ट्रफी सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संजीवनी केन्द्र विच मैत्रिपूर्ण फुटसल समेत सम्पन्न भएको थियो। 

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र आयोजक नेचर क्लबका अध्यक्ष कृष्ण राईले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफी सार्वजनिक गरेका हुन्। धरान-८ स्थित हाम्रो फुटसलमा सम्पन्न महासंघ टिम र आयोजक विच भएको मैत्रिपूर्ण खेल वरीपरी ६-६ गोलमा सकिएको थियो ।

प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमहरुमा धरानबाट आयोजक हाम्रो फुटसल, द वे धरान, यति एफसी धरान, स्वर्णीम क्लव धरान, क्रञ्च फिटनेस, मुन्नु एफसि, डि आर एफसी धरान, गाइघाट, इटहरि, विराटनगर, झापा, भारतको सिक्किम र काठमाडौंबाट तीन टिमले सहभागित जनाउने आयोजकका अध्यक्ष राईले जानकारी दिए ।

प्रतियोगिताका विजेता टिमले नगद दुई लाख, दोस्रोले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडिले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनाहि १० हजार रुपैया र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगिता धरान-१३ निवासी युवा नेता एवं समाजसेवि रवि राईको दिवंगत वुवा केपी (कालिप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो। भोजपुर हतुवागढी ८ न. वडामा २००१ सालमा जन्मिएका भुपु भारतीय गोर्खा सैनिक केपी राईको धरान-१३ स्थित आफ्नै निवासमा ०७५ वैशाख १२ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । दिवंगत केपी राई भारतीय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा समेत सक्रिय थिए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...