News Portal

डोल्पाको मुड्केचुला-६ मा समन्वयात्मक बैठक सम्पन्न

हिमालीसंचार संवाददाता
४३४ पटक

दुनै। डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं. ६ नर्कुमा हिजो सोमबार भाद्र २४ गते वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिती सदस्य लालमाया शाहीको प्रमुख अतिथिमा मुड्केचुला गाउँपालिका वडा नं ६ नर्कुको आयोजना तथा बाताबरणिय कृषि तथा बिकाश केन्द्र (केड)को सहकार्यमा वडा स्तरिय सरोकारवालासंग अन्तर्कृया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

सो कार्यक्रममा केडका जिल्ला संयोजक उमाकान्त भुसालले संस्थाको कार्य क्षेत्र, उद्देश्य, गतिबिधीमाथी प्रष्ट पार्नुका साथै दलित समुदायको उत्थानको निम्ति बिउ बिजन लगायत जातिय विभेद अन्त्य गर्नु संस्थाको मुख्य उद्देश रहेको बताउनु भएको थियो।

सोही अन्तरकृया कार्यक्रममा अस्थायी प्रहरी पोस्ट नर्कुका इन्चार्ज गंगा बहादुर चन्दले समाजमा सुशासन कायम राख्न विभिन्न सरोकारवालाइ अनुरोध गर्नु भएको थियो।

प्रमुख अतिथि समन्वय सदश्य लालमाया शाहीले सबै पक्ष मिलेर सुशासन कायम राख्न जोड दिनुका साथै दलित समुदायको हकहितका लागि सबै भन्दा पहिले दलित समुदाय नै सकृय रहनुपर्ने बताउनु भएको थियो।

कार्यक्रममा अध्यक्ष शाहीले दलित समुदायको निम्ति स्थानिय सरकारले दलित लक्षित कार्यक्रम ल्याएपनि सहि सदुपयोग नगरेकोमा गुनासो समेत गर्नुका साथै आगामी दिनमा स्थानिय निकायबाट दलित लक्षित विभिन्न कार्यक्रम ल्याउने बाचा समेत गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...