News Portal

शान्तिले जितिन् हिमालयन तीज चेसको उपाधि

विकास चाम्लिङ राई
४७१ पटक

भाद्र-२२,शुक्रवार/काठमाडौं – हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्। उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् ।

स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित ऱ्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्बाधिक ५ अंकसहित च्याम्पियन भएकी हुन्। ३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाड ०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुन् ।

दुई वर्षअघि चेन्नाईमा भएको ४४औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् । निहाना श्रेष्ठ ४ अंकसहित उपविजेता भइन् । समान ४ अंक भएपनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यू–१५ मा प्रज्ञा पन्त (४ अंक), यू–१३ मा एन्जल महर्जन (४ अंक), यू–११ मा नायुमा मगर (४ अंक), यू–९ मा प्रज्ना तुलाधर (३ अंक) र यू–७ मा चार्वी खेम्का (३.५ अंक) प्रथम भए। उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन्। ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २५ अंक बटुल्दै पहिलो भइन् ।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रिती राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक (लेक्चरर) विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्यपदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे । गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रुपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी । उसले यसअघि एसईई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...