News Portal

कुवेतको स्थानीय निकायमा अनुमति नलिई आयोजना गरेको तीज कार्यक्रम रद्द

हिमालीसंचार संवाददाता
४३२ पटक

कुवेत सिटी, कुवेत। कुवेतमा आज शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमकाे लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेत सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको बुझिएको छ।

नेपाल कुवेत सांस्कृतिक मञ्चको २३ औँ प्रस्तुति रहेको उक्त तीज कार्यक्रम नेपालबाट चर्चित कलाकार गायिका पूर्णकला बिसीकाे साथमा आयोजना गरिएको कार्यक्रम संभवतः कुवेतको कानुन भन्दा तीज कार्यक्रम माथि नरहेको जानकारहरु बताउँछन्।

मञ्चले अप्रत्याशित कारणले स्थगित गरिएको भनिएपनि अध्यक्ष गोविन्द बरालसहित संस्थाका सदस्यहरुकाे अपरिपक्वताकाे पराकाष्टा हो भन्ने बुझ्न कठिन छैन। किनकी गत महिनाकाे ४ तारिख श्रीलंकन नागरिकहरुले आयोजना गरेको एक कार्यक्रममा अतिथि कलाकारसहित झण्डै २ दर्जन बढी श्रीलंकन नागरिकहरुलाई कुवेत प्रहरीले नियन्त्रण लिएको थियो भने पछि कार्यक्रम आयोजना गर्ने सबैलाई समेत देश निकाला गरेको पाइन्छ।

कुवेतको नेपाली समुदायका केही संस्थाका अभियन्ताहरु कुवेत देशको कानुन आफ्नो विर्ता ठान्ने प्रवृत्तिले यो अवस्था आएको हो।

मञ्चले सबैसंग क्षमायाचना गर्दै सोही कार्यक्रमका लागि नयाँ मिति र समयको बारेमा चाँडै जानकारी गराउने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...