News Portal

मोरङको सुनबर्षी हर्चनगढीबाट लागूऔषध सहित दुई युवा पक्राउ

रबिन्द्र बराल, मोरङ
३३४ पटक

भदौ-२१, शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढीबाट सोही स्थान बस्ने बर्ष २८ का प्रदिप कुमार राजवंशी र  २२ बर्षका अपसर आलम लगायतले बिगत केही समयदेखि प्रतिबन्धित लागूऔषधहरु ठुलो मात्रामा भारतबाट खरिद गरी लुकाई छिपाई नेपाल भित्र्याई विभिन्न स्थानहरुमा बेचबिखन कारोबार गरिरहेको सुचना प्राप्त भएपछि पक्राउ परेका छन्।

प्रहरीको कडा निगरानीका साथ सुनवर्षी नगरपालिका वडा नं.६ खिर्कीडाँगी स्थित डायनिया-अमरदह भित्री सडक खण्डमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदिप र अपसर आलमले चडेको मे ६ प १८२८ नं. को स्कुटरबाट निजहरुलाई रोक्न खोज्दा अपसर आलमलेचलाएको स्कुटरकोबाट  प्रतिबन्धित लागूऔषध (Tramadol Hydrochloride Capsule IP 50 mg २ सय बयालिस  पत्तामा प्रत्येक पत्तामा १० क्याप्सुलको दरले जम्मा २,४२० (दुई हजार चार सय बिस) क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

निजकै घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ल्याई राखिएकोर बिहीबार जिल्ला अदालतबाट लागूऔषध कसूरमा दिन पाँच म्याद थप भई कानूनबमोजिम कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय रंगेरीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...