
एजेन्सी। उत्तर कोरियाका नेता किम जोङ्ग उनले ३० जना कर्मचारीलाई मृत्युदण्डको सजाय दिएका छन्।
यसैवर्षको जुलाईमा आएको बाढीपहिरोमा परी ४ हजार नागरिकको मृत्यु भएपछि किमले ३० जनालाई मृत्युदण्डको सजाय सुनाएका हुन्।
उनले कर्मचारीले बाढी पहिरो रोकथाम गर्न नसकेको र भ्रष्टाचारी गरेका कारण नागरिकको ज्यान गुमाउनुपरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त बाढी पहिरोमा परी १५ हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
