News Portal

  • तीजको अवसरमा ऱ्यापिडचेस प्रतियोगिता शुक्रबार हुने

    विकास चाम्लिङ राई
    ३५३ पटक

    काठमाडौं – हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ ।

    ऱ्यापिड चेसको एक दिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिनेछ । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूकाअनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

    नेपालकी पहिलो राष्ट्रिय बुद्धिचाल प्रतियोगिताकी विजेता उनी नेपाल बुद्धिचाल महासंधकी उपमहासचिव तथा विश्व बुद्धिचाल महासंघको महिला आयोगकी सदस्य पनि हुन् ।

    ‘नेपाली महिलाहरूको पर्व तीजको अवसरमा दिदीबहिनीहरूले चेस खेल्दै रमाइलो गर्नुको साथै एकअर्कालाई साथ दिँदै महिला सशक्तिकरणमा थप ऊर्जा दिन सकौं भनेर प्रतियोगिता आयोजना गरिएको हो,’ एकेडेमीकी संस्थापक खम्बू भन्छिन्, ‘स्वीस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा महिला खेलाडीमात्रै सहभागि हुन पाउनेछन्। आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्नेछन् ।’

    ‘तीज स्पेशल टोर्नी २०२४’ मा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ ।

    ०८० साल चैत्र १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको तेस्रो अवसर हो यो । उसले यसअघि असार ८–९ गते एसईई कप र साउन ५ गते हिमालयन १०० (फिडेको १ सयौं बार्षिकोत्सवको अवसरमा गिनिज वल्र्ड रेकर्ड्सको लागि) सफलतापूर्वक आयोजना गरेको थियो ।

    एकेडेमीले प्रशिक्षण र प्रतियोगिता आयोजनासँगै व्यवस्थापन पनि गर्दै आएको छ । हप्ताको दुई दिन विभिन्न कोर्समा ७३ जना खेलाडी/विद्यार्थीलाई नियमित प्रशिक्षण गराउँदै आएको एकेडेमीले चेसको अनलाइन ट्रेनिङ पनि सञ्चालन गरिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...