News Portal

टान निर्वाचन -अध्यक्षमा भारि मत सहित सागर पान्डे र महासचिवमा साेनाम ग्यल्जेन शेर्पा विजयी

हिमालीसंचार संवाददाता
४७६ पटक

समिर कुमार अधिकारी (द्रुपद) काठमाडौं -ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै जित हात पारेका हुन्। पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन्।

उनले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पारेका हुन्। यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्। । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी भएका हुन्। यस्तै महासचिवमा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन्।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् । त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए।सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...