News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पुलिस अफ द मन्थ भिम बहादुर भए

    रबिन्द्र बराल 
    १५६ पटक

    काठमाडौं – जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक भीम बहादुर श्रेष्ठ साउन महिनाको पुलिस अफ द मन्थ भए। श्रेष्ठले विभिन्न अपराधहरुको सफतापूर्वक अनुसन्धान गर्नुका साथै पेन्डिङमा रहेका मुद्दाहरू फर्छ्यौट  समेत गरेका थिए।

    उनलेे पछिल्लो समयमा युवाहरु  कुलतमा लागेपछि श्रेेेष्ठकाे नेतृत्वमा   विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेर समाजमा केही परिवर्तना गर्ने हुटहुटि बाेकेर धनकुटामा उनले आफ्नो सफल कार्यकालमा महत्त्वपूर्ण काम गरेका थिए।

    निजकाे कामकाे मुल्यांकन गर्दे  जिल्ला प्रहरी कार्यलय धनकुटाले  विभागीय मूल्य-मान्यता. आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार भई काम गरेकाेमा साउन महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको छ। उनलेे २७ वटा पेण्डिङ मुद्दा, जघन्य र गम्भिर गरी कर्तव्य ज्यान-४ वटा, सवारी ज्यान-१ वटा, बैंडिक कसूर-१ वटा, जवरजस्ती करणी-१ वटा, गरी जम्मा ७ वटा पेण्डिङ मुद्दाहरुको सफल अनुसन्धान गरी  कार्यालयहरुको निर्देशन बमोजिम फच्छौट गरी महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए। साउन १३ गते लक्ष्मण राईले सवारी १ जना मानिसको मृत्यु भए पश्चात भाग्दै गरेको राईलाई समेत पक्राउ गरी कानूनी दायरामा ल्याईएको थियो।

    त्यसैगरी  धनकुटा साँगुरीगढी वडा नं ९ र १० को सीमाना स्थित मिलन चौकबाट ऐ.९ वस्ने वर्ष २६ को लक्ष्मण राईलाई लागू औषध गाँजा १२ के.जी. र , इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट मुद्दा चलाईएको थियोे।

    प्रहरीले खैरो हिरोईन ३६ ग्राम लागू औषध मुद्दामा संलग्न रहेर  फरार रहेका प्रतिवादी सन्तोष कुमार श्रेष्ठलाई जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. अन्तर्गत सिधुवा बजारबाट पक्राउ गरी कानूनी कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाउन सफल भएको थियोे।  ईलाका प्रहरी कार्यालय च्याङफापु पाँचथर दरबन्दीका प्रहरी नायव निरीक्षक भिम बहादुर श्रेष्ठलाई उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले सम्मानित गरेका थिए। आफुलाई यसरी उत्कृष्ट सम्मान गरेकाेमा आफु खुशी भएको र आगामी दिन हरुमा समेत प्रहरी संगठन भित्र अझै काम गर्ने हैसला प्रदान भएको भिम बहादुरले बताए।

    प्रतिकृया दिनुहोस्

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...

    निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित...

    कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

    काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।...