News Portal

एमजी एसयूभीकाे नेपालगञ्ज शोरुममा भारी छुट

हिमालीसंचार संवाददाता
९६३ पटक

बाँके। एमजीले आफ्नो सफल एसयूभीको मूल्यमा भारी कटौती गरेको छ।

नेपालगञ्जका लागी एमजीको आधिकारिक बिक्रेता किसान ट्रेडिङ कन्सनका मार्केटिङ मेनेजर संयोग जंग शाहले दिएको जानकारी अनुसार जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजारबाट ४६ लाख ९९ हजार बनाएको हो।

एकै पटक ६ लाख रुपैयाँले मूल्य घटाएको कम्पनीले यसलाई स्पेशल अफर भनेको छ। उक्त अफर सिमित अवधिको लागि मात्रै लागु हुने कम्पनीको भनाइ छ।

‘सेलीब्रेसन अफ दी सेन्चुरी’ नारा दिएर कम्पनीले नाडा अटो शो र दशैं तिहारको लागि यो अफर गरेको जनाएको छ। एमजीले विश्वभर आफ्नो १०० पुरा गरेको अवसरमा विभिन्न स्कीम चलाउँदै आएको छ।

एमजी जेडएस ईभी नेपालमा सर्वाधिक सफल मध्येको एक मोडल हो। यसमा ५१ किलोवाट आवरको ब्याट्री छ भने ९९ किलोवाट आवरको इलेक्ट्रीक मोटर छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...