News Portal

वैदेशिक रोजगारीमा गएका झण्डै १४ सय नेपालीको मृत्यु

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाडौँ। पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका झण्डै १४ सय नेपालीहरूले ज्यान गुमाएका छन्।

गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले १ हजार ३ सय ७८ जना नेपालीले ज्यान गुमाएका हुन। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन्।

विभिन्न रोग लागेर २ सय ६१ जना नेपालीले ज्यान गुमाएका छन्। त्यसपछि आत्महत्या १ सय ९२, प्राकृतिक मृत्यु १ सय ९१, हृदयाघात १ सय २०, सवारी दुर्घटनामा परेर १ सय ३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ।

त्यस्तै ७ जनाको हत्या भएको छ। ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। ६० जनाको बिरामी भएर मृत्यु भएको छ।

६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ। ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ।

त्यस्तै, ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...