News Portal

  • तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल भदौ २७ गतेदेखि हुँदै

    बिकास चाम्लिङ राई
    ३२१ पटक

    फोटो : प्रतित चाम्लिङ राई।

    डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ।

    प्रतियोगीता यहि भाद्र २७ गतेदेखि ३१ गतेसम्म हुने आइतवार डिपो स्कुलको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए।

    विद्यालय स्तरिय खुल्ला प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आदर्श वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए।

    प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ। प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि) र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ।

    डिपो स्कुललाई यहाँसम्म ल्याइपुर्याउन लामो समयसम्म महत्वपुर्ण योगदान दिनुभएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा विगत दुई वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वुले स्वागत मन्तव्यको क्रममा जानकारी गराए।

    प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको सदस्य पन्धाकले वताए। उनले भने, मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा अतुलनिय योगदान दिनुभएको छ।

    वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थियो। उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएका थिए।

    पत्रकार सम्मेलनमा आयोजक डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले प्रतियोगिताको वारेमा प्रकाश पारेका थिए। प्रतियोगिताको सम्पुर्ण खेल धरान-१८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ।

    प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति भदौ २४ सम्म रहेको र खेल तालिका भदौ २५ गते तयार गरिने आयोजकले जानकारी गराए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...