News Portal

मिनिल्याण्ड स्कूलले मनायो कृष्ण जन्माष्टमी

रविन्द्र बराल
३१९ पटक

मोरङ। रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले हरेक बर्षझै यस बर्ष पनि बालबालिकाहरुलाई कृष्ण भगवानकाे बारेमा जानकारी गराउदै कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएकाे छ।

बिधालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कृष्ण भगवानको जन्मउत्सव मनाएकाे हाे।

बिधालयले कक्षा नर्सरीदेखी ४ कक्षासम्म अध्यन गर्ने स-साना बालबालिकाहरुलाई कृष्ण जन्माष्टमीको महत्वका बारेमा जानकारी गराउदै बिधालयका शिक्षक शिक्षीकाहरुले कृष्ण भगवानकाे भजन गाउनुका साथै नृत्य गरेर बालबालिकाहरुलाई मनाेरञ्जनसमेत गराएका थिए।

अभिभावकहरुले समेत आफ्ना छाेराछाेरीहरुलाई कृष्णराधा, सुदामाकाे पहिरनमा बिधालय पठाएका थिए। जन्माष्टमीकै अवसरमा कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुले जन्माष्टमीकाे उपलक्ष्यमा भगवनकाे भजन प्रतियोगिता समेत गराएकाे थियोे।

सो अवसरमा विजेता विधार्थी भाईबहिनीहरुलाई पुरस्कार वितरण गरिएको थियोे।

बिधालयले हरेक चाडपर्वलाई उत्तिकै महत्वका साथ हरेक वर्ष चाडपर्वको बारेमा जानकारी समेत गराउँदै आएको र आगामी दिनमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका प्रिन्सिपल विकर्ण कार्कीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...