News Portal

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिईने

हिमालीसंचार संवाददाता
४१३ पटक

काठमाडौं। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जवानदेखि हवल्दारसम्म १६ वर्षमा र जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने व्यवस्था ल्याउन लागिएको बताएका छन्।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जवानदेखि हवलदारसम्म १६ वर्ष, जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफूले चाहेमा अवकाश जानसक्नेगरी ऐन संशोधन हुन लागेको बताएका हुन्।

उनले त्यस्तै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनेबारे पनि गृहकार्य भइरहेको बताए। प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटेपछि जवानदेखि सबै प्रहरीहरुले उमेर हदसम्म जागिर खान पाउने उनको भनाइ छ।

द्वन्द्वकालमा धेरै प्रहरीहरुले जागिर छोडे भनेर २० वर्ष पुर्याइको हो। तर, तत्कालीन समयको आवश्यक्ताअनुसार पुर्याएको विषयलाई द्वन्द्वपछिको अहिलको अवस्थामा जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष, जवान तथा हवल्दारहरुलाई १६ वर्षमै उनीहरुलाई इच्छाअनुसार अवकाश दिँदा उनीहरुको अन्य वृत्तिविकासको मार्ग प्रशस्त गरौं भन्ने हिसाबले सिपाइँ, हबलदारहरुको लागि १६, जुनियर प्रहरी अधिकृतलाई १८ र माथिल्लो सबैलाई ३० वर्षको पावन्दीबाट हटाएर जाँदाखेरी ३४/३५ वर्षसम्म सबैले जागिर खानसक्ने अवस्था हुँदोरहेछ।

जागिर खान चाहेमा जवानदेखि सबै दर्जालाई, नचाहेको खण्डमा उनीहरु जान स्वतन्त्र हुनेछन्। यसको अर्थ १६ वर्षमा जाउ, १८ वर्षमा जाउ भनेको होईन कि उनीहरुले अरु सम्भावना देखेमा जान स्वतन्त्र हुनेछन्,’– उनले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...