News Portal

  • केहि गरे पनि छोरालाई देशमा राख्न सकिएन

    हिमालीसंचार संवाददाता
    ५६५ पटक

    कर्ण अधिकारी नुवाकोट-  भाग्यको खेल भनौ की समयको माग देशको लागि केहि गरौ गरौ भन्ने भर्खरै किशोर अबस्था पार गरेर युवा अबस्थामा प्रबेश गर्दै गरेका लाखौ लाख भाई बहिनी छोरा छोरीहरू बिदेशीएको देख्दा रून मन लाग्छ।

    बुबा आमाको काख र देशको माटोलाई चट्टक्कै बिर्सन बाध्य बनाउने यो शाशक र शाशन प्रणालीको बिषयमा केहि लेख्न मन लाग्यो र मनलाई अमिलो पार्दै गहभरी आशु पारी लेख्न बिबश भए । छोरी र छोरा जन्माए अनि हुर्काए । छोरा छोरीलाई बुबाको मायाबाट बन्चित बनाएर बिदेशीएको म आज त्यहि छोरा छोरीले छोरा छोरीको मायाबाट बन्चित गराएर बिदेशीए।

    आज भन्दा ठीक ३ बर्ष अगाडी छोरीलाई उच्च शिक्षा अझै भनौ एमबिबिएस पढाउनका लागि बंगलादेश पठाए भने छोरा लाई पनि उच्च शिक्षा अध्ययनको लागि मन अमिलो बनाई बनाई क्यानडा पठाए । नेपालमा मेडिकल कलेज र ईन्जिनियर कलेजहरू नभएका होईनन तर यी देशका भ्रष्ट्र दलालहरूले नेपालमा पढ्ने र पढाउने माहौल क्रेट गर्न सकेनन् । आज नेपालमा डिग्री पास गरेका लाखौ भाई बहिनीहरू ले १५ हजारको जागिर नपाएर तड्पिएर डिप्रेशनको सिकार भएका थुप्रै घटनाहरू छन् ।

    आज राष्ट्रको अर्बौको ढुकुटी उच्च शिक्षा अध्ययनको लागि भन्दै वंगलादेश,अमेरीका,बेलायत,अष्ट्रेलेया,क्यानडा लगायतका देशहरूमा बाहिरीएको छ । सायद देशमा सरकारको बागडोर सम्हाल्नेहरूको दिमागमा लिदीको साटो गिदी भरीएको भए आज यो अबस्था सृजित हुनु पर्ने थिएन ।

    मेडिकल इन्ट्रान्समा १८ /२० हजारले परीक्षा दिन्छन र त्यस मध्य ९/१० हजारले नाम निकाल्छन तर ति नाम निकाल्नेहरूलाई नेपालमै पढ्ने वातावरण किन सृजित गर्न सक्दैनन् यी दलालहरूले । पास गरेको जतिलाई नेपालमै पढ्ने माहौल बनाई दिएको भए आज मेरी छोरी जस्तै लाखौ नानीबाबुहरूले बिदेशी मेडिकल कलेजललाई पैसा बुझाउनु पर्दैन थियो । यो सबै देश चलाउने पत्रुहरूकै कारणले हो।

    यहाँ कहाँ छ शिक्षा निति ? यहाँ काँहा छ स्वास्थ्य र निजामति निति सबै चोरै चोर सबै फटाहा । २०५६ सालमा बिबाह बन्धनमा बाधिएको म र मेरो परीवारमा म मेरी श्रीमति र छोरा छोरी गरी ४ जनाको सुख दु:खको जीन्दगी जीउदै थियौ । छोरा छोरीलाई राम्रो स्कूल र श्रीमतिलाई १ सरो लुगा दिनकै लागि २९ बर्षको यूवा अबस्थामा म बिदेशीन बाध्य भए । मैले नेपाल छोड्ने बेलामा मेरो जागिरको तलव भनेको ४ हजार थियो ।

    काठमाण्डौंको बसाई बिहान बेलुका खान पनि धौ धौ भएर श्रीमति छोरा छोरीलाई मायाँबाट बन्चित गराई ११ बर्ष बिदेशीए । छोरी ५ बर्ष र छोरा २ बर्षको थियो म बिदेशीदा ११ बर्ष बिदेश बसेर आउँदा छोरा १३ बर्ष र छोरी १५ बर्षको थिए । उनीहरूले बाबुसंग घुलमेल हुने मौका नै पाएनन् भने आज मलाई छोरा र छोरीको माया चाहिएको बेला छोरी बंगलादेश अनि छोरा क्यानडा बिदेशीए आखिर यो दिन किन आयो भन्दा यहि दलालहरूले गर्दा होईन त ? सुखी नेपाली र समृद्ध नेपाल भनेर नारा दिने देशद्रोही,भ्रष्ट्राचारीहरूले देश खर्लप्पै खाए पछि यो अबस्था सृजित भएको हो ।

    १८ बर्षमा पाईला टेक्दै गरेको छोरालाई बिदेश पठाउँदा एयरपोर्टमा गहभरी आशु पार्दै मैले रोएको क्षण म कहिले भुल्न सक्दिन । अझै पनि मेरो आँखा ओभानो भएको छैन् । छोरा मान्छे रून हुन्न भन्थे तर मैले मन थाम्नै सकिन । बिदाईको हात हल्लाउदै मेरो १८ बर्षे छोराले आमा र दिदीको राम्रो ख्याल गर्नु है ड्याडी भन्दा मेरो मन भक्कानियो । मुटु नै फुट्ला जस्तो भयो र सोचे मेरो छोरो बुझ्ने भएछ भन्ने मनमा लाग्यो र छोरालाई बिदाईको हात हल्लाउदै घर फर्कियौ । रातभरी निन्द्रा लागेन र यी शब्दहरू कोर्न बिबस भए । मैले छोरालाई ब्याचलर नेपालमा पढ बाबु भनेर यहि काँखमा राख्न खोजेको तर उसको मष्तिस्कले नेपालमा केहि स्कोप देख्न सकेन । १० कक्षा पढ्दै गर्दा देखिको उसको बाल मष्तिस्कमा देशको सासन प्रणाली प्रतिको घृणा र उसको चाहनालाई मैले रोक्नै सकिन आखिर त्यसको परीणाम उसले नेपाल एयरपोर्टबाट बिदाईको हात हल्लाउदै हामीबाट क्षितिज पारीको देश प्रवेशको लागि वोईङ चढी बिदेशियो ।म जस्तै आज लाखौ लाख बाबु आमाहरू यसरी नै आफ्ना छोरा छोरीलाई बिदाईको हात हल्लाउन बिबस छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...