News Portal

केहि गरे पनि छोरालाई देशमा राख्न सकिएन

हिमालीसंचार संवाददाता
६७२ पटक

कर्ण अधिकारी नुवाकोट-  भाग्यको खेल भनौ की समयको माग देशको लागि केहि गरौ गरौ भन्ने भर्खरै किशोर अबस्था पार गरेर युवा अबस्थामा प्रबेश गर्दै गरेका लाखौ लाख भाई बहिनी छोरा छोरीहरू बिदेशीएको देख्दा रून मन लाग्छ।

बुबा आमाको काख र देशको माटोलाई चट्टक्कै बिर्सन बाध्य बनाउने यो शाशक र शाशन प्रणालीको बिषयमा केहि लेख्न मन लाग्यो र मनलाई अमिलो पार्दै गहभरी आशु पारी लेख्न बिबश भए । छोरी र छोरा जन्माए अनि हुर्काए । छोरा छोरीलाई बुबाको मायाबाट बन्चित बनाएर बिदेशीएको म आज त्यहि छोरा छोरीले छोरा छोरीको मायाबाट बन्चित गराएर बिदेशीए।

आज भन्दा ठीक ३ बर्ष अगाडी छोरीलाई उच्च शिक्षा अझै भनौ एमबिबिएस पढाउनका लागि बंगलादेश पठाए भने छोरा लाई पनि उच्च शिक्षा अध्ययनको लागि मन अमिलो बनाई बनाई क्यानडा पठाए । नेपालमा मेडिकल कलेज र ईन्जिनियर कलेजहरू नभएका होईनन तर यी देशका भ्रष्ट्र दलालहरूले नेपालमा पढ्ने र पढाउने माहौल क्रेट गर्न सकेनन् । आज नेपालमा डिग्री पास गरेका लाखौ भाई बहिनीहरू ले १५ हजारको जागिर नपाएर तड्पिएर डिप्रेशनको सिकार भएका थुप्रै घटनाहरू छन् ।

आज राष्ट्रको अर्बौको ढुकुटी उच्च शिक्षा अध्ययनको लागि भन्दै वंगलादेश,अमेरीका,बेलायत,अष्ट्रेलेया,क्यानडा लगायतका देशहरूमा बाहिरीएको छ । सायद देशमा सरकारको बागडोर सम्हाल्नेहरूको दिमागमा लिदीको साटो गिदी भरीएको भए आज यो अबस्था सृजित हुनु पर्ने थिएन ।

मेडिकल इन्ट्रान्समा १८ /२० हजारले परीक्षा दिन्छन र त्यस मध्य ९/१० हजारले नाम निकाल्छन तर ति नाम निकाल्नेहरूलाई नेपालमै पढ्ने वातावरण किन सृजित गर्न सक्दैनन् यी दलालहरूले । पास गरेको जतिलाई नेपालमै पढ्ने माहौल बनाई दिएको भए आज मेरी छोरी जस्तै लाखौ नानीबाबुहरूले बिदेशी मेडिकल कलेजललाई पैसा बुझाउनु पर्दैन थियो । यो सबै देश चलाउने पत्रुहरूकै कारणले हो।

यहाँ कहाँ छ शिक्षा निति ? यहाँ काँहा छ स्वास्थ्य र निजामति निति सबै चोरै चोर सबै फटाहा । २०५६ सालमा बिबाह बन्धनमा बाधिएको म र मेरो परीवारमा म मेरी श्रीमति र छोरा छोरी गरी ४ जनाको सुख दु:खको जीन्दगी जीउदै थियौ । छोरा छोरीलाई राम्रो स्कूल र श्रीमतिलाई १ सरो लुगा दिनकै लागि २९ बर्षको यूवा अबस्थामा म बिदेशीन बाध्य भए । मैले नेपाल छोड्ने बेलामा मेरो जागिरको तलव भनेको ४ हजार थियो ।

काठमाण्डौंको बसाई बिहान बेलुका खान पनि धौ धौ भएर श्रीमति छोरा छोरीलाई मायाँबाट बन्चित गराई ११ बर्ष बिदेशीए । छोरी ५ बर्ष र छोरा २ बर्षको थियो म बिदेशीदा ११ बर्ष बिदेश बसेर आउँदा छोरा १३ बर्ष र छोरी १५ बर्षको थिए । उनीहरूले बाबुसंग घुलमेल हुने मौका नै पाएनन् भने आज मलाई छोरा र छोरीको माया चाहिएको बेला छोरी बंगलादेश अनि छोरा क्यानडा बिदेशीए आखिर यो दिन किन आयो भन्दा यहि दलालहरूले गर्दा होईन त ? सुखी नेपाली र समृद्ध नेपाल भनेर नारा दिने देशद्रोही,भ्रष्ट्राचारीहरूले देश खर्लप्पै खाए पछि यो अबस्था सृजित भएको हो ।

१८ बर्षमा पाईला टेक्दै गरेको छोरालाई बिदेश पठाउँदा एयरपोर्टमा गहभरी आशु पार्दै मैले रोएको क्षण म कहिले भुल्न सक्दिन । अझै पनि मेरो आँखा ओभानो भएको छैन् । छोरा मान्छे रून हुन्न भन्थे तर मैले मन थाम्नै सकिन । बिदाईको हात हल्लाउदै मेरो १८ बर्षे छोराले आमा र दिदीको राम्रो ख्याल गर्नु है ड्याडी भन्दा मेरो मन भक्कानियो । मुटु नै फुट्ला जस्तो भयो र सोचे मेरो छोरो बुझ्ने भएछ भन्ने मनमा लाग्यो र छोरालाई बिदाईको हात हल्लाउदै घर फर्कियौ । रातभरी निन्द्रा लागेन र यी शब्दहरू कोर्न बिबस भए । मैले छोरालाई ब्याचलर नेपालमा पढ बाबु भनेर यहि काँखमा राख्न खोजेको तर उसको मष्तिस्कले नेपालमा केहि स्कोप देख्न सकेन । १० कक्षा पढ्दै गर्दा देखिको उसको बाल मष्तिस्कमा देशको सासन प्रणाली प्रतिको घृणा र उसको चाहनालाई मैले रोक्नै सकिन आखिर त्यसको परीणाम उसले नेपाल एयरपोर्टबाट बिदाईको हात हल्लाउदै हामीबाट क्षितिज पारीको देश प्रवेशको लागि वोईङ चढी बिदेशियो ।म जस्तै आज लाखौ लाख बाबु आमाहरू यसरी नै आफ्ना छोरा छोरीलाई बिदाईको हात हल्लाउन बिबस छन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...