News Portal

मोरङको रंगेलीमा देव हस्दालाई आर्थिक सहयोग हस्तान्तरण

रबिन्द्र बराल, मोरङ
२८९ पटक

साउन,२४ बिहीबार/मोरङ – मोरङको रंगेली  नगरपालीका-४ आमतोला बसोबास गर्दै आएका भयो हस्दा का १२ बर्षका छाेरा  देव हस्दा दुई महिनादेखि आर्थिक अवस्थाका कारणले अस्पतालको सैयामा छटपटाइरहेको समचार विभिन्न सन्चार माध्यम बाट समाचार  प्रकाशित भए पछि  एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बि.क र महासचिव पंकज श्रेष्ठकाे पहलमा  पुर्वि अफ्रीका सेसेल्समा कार्यरत नेपालिहरुको सामुहिक रुपमा सङ्कलित रकम देव हस्दाकाे आमा पार्वती हस्दा लाई हस्तान्तरण गरिएको छ ।

नेपालीहरुले बालकको  उपचारका लागि  ६० हजार १ सय रुपैयाँ सङ्कलन गरेर पठाएका हुन । मंगलबार पिडित परिवारकाे घरमा पुगेर महासचिव पंकज श्रेष्ठकाे श्रीमती रंन्जना श्रेष्ठ ले ६० हजार रुपैयाँ र  स्थानीय शान्ता श्रेष्ठले समेत बिरामीको उपचारका लागि आफ्नो तर्फबाट ५ सय रुपैयाँ समेत सहयोग गर्नु भएको थियोे । 

आर्थिक अभावका कारण अहिले बिरामी छाेरा लाई घरमा राखेर दिनभर  उपचारका लागि आमा अहिले गाउँघरमा ५,  १० रुपैयाँ  उठाएर हिड्न बाध्य रहेकाेे उनलेे बताईन । धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा  उपचार गराउदै आईरहेता पनि दबाइ खर्चको लागि आर्थिक नभएपछि अस्पतालले समेत उनीहरुलाई डिस्चार्ज गरेर घर पठाएको उनका आमा पार्वतीले बताएकी छन् । उनका बुवा र आमाले आफ्नो  छोराको उपचारका लागि  अहिलेसम्म ५ लाख रुपैयाँ सम्म खर्च गर्दा समेत निकाे हुन सकेको छैन । 

देश बिदेशमा रहेका युवा तथा स्थानीय हरुले समेत सहयोग गरेता पनि अझै उपचारमा रकमकाे आवस्यकता कायमै रहेको हुनाले पुनः छाेराकाे उपचारका लागि सबै लाई सहयोग गरि छाेरा लाई बचाईदिन आम पार्वती हस्दाँले हारगुहार गरिरहेकी छन ।सहयोगी मनहरुले नेपाल बैंकमा  PARWATI HASDA ( पार्वती हाँस्दा)  काे नाममा  रहेको खाता नम्बर 03101107737677000001 मा देशविदेश तथा विभिन्न व्यक्तिहरूले सहयोग गर्ने आमा पार्वती ले  समेत आग्रह गरिरहेका छन् । 

अहिले उनीहरूको घरमा खाद्यान्नसमेत नभएपछि केही दिन अगाडि मात्रै स्थानीयहरुले सहयोग गरेर उनीहरुलाई खाद्यान्न सहयोग गरेका थिए । अहिले उनीहरूको घरमा चामल समेत नभएपछि स्थानीयले सहयोग गरेकी चामल थोरै खाँदै गरेको उनले बताईन ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...