News Portal

  • मोरङको जदहा स्थित आपतकालिन उद्धारका लागि सुरक्षाकर्मीले गरे अभ्यास

    रबिन्द्र बराल, मोरङ
    २३६ पटक

    साउन-१६, बुधबार/मोरङ – मोरङको जहदा गाउँपालिका-४ रामचोक स्थीत लोहान्द्रा खोलामा मंगलबार एक कार्यक्रमको आयोजना गर्दे कृतिम घटना अभ्यास गरिएको छ।  

    नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थितिमा अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो। प्रहरीले खोलामा रबरको बोटसहित उद्धार टोलीको समेत उपस्थिति रहेको थियो । 

    उद्घार टोलिले खोलामा बगिरहेको मानिसलाई कसरी उद्धार गर्न सजिलो हुन्छ भन्ने बियषमा अभ्यास गराएको थियो।  अभ्यासका क्रममा उद्धार टोलीका सदस्यहरूले  खोलामा बोटको माध्यमबाट  बाढीको भेलमा बग्दै आएका व्यक्तिहरूलाई कसरी  बचाउने भन्ने बिषयमा अभ्यास गरेका थिए । 

    घाइतेहरुलाई तत्कालै स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट नजिकैको स्वास्थ्य केन्द्रसम्म पुगउने अभ्यास समेत गरिएको थियो।  आपतकालिन अवस्थामा तत्काल उद्धार तथा आवश्यक उपचारलगायतका बन्दोवस्त गर्न सरोकारवालाले खेल्नुपर्ने भूमिकाको अभ्यास स्वरूप यो कार्यक्रम गरिएको हो।

    कार्यक्रममा विभिन्न टोलीहरू गठन गरी खटाइएको बताइएको थियो। उद्धार टोलीले सबै टोलीहरूले आफूलाई दिइएको भूमिका जिम्मेवारीपूर्वक बहन गरेका थिए । यस प्रकारको अभ्यासले वास्तविक विपत्ति निस्तिदा जोखिम न्यूनीकरण गर्न सघाउ पुग्ने जहदाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले बताए। 

    जिल्ला विपद् व्यवस्थापन समिति मोरङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सीआइएफआरसीको सहयोगमा अभ्यास कार्यक्रम गरिएको थियो ।  नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको सहोयोगमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्य नेपाली सेनाका प्रमुख सेनानी अशिम श्रेष्ठ, जिप्रका मोरङका प्रहरी नायव उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी बल नेपालका सप्रउ बिश्वबन्धु खड्क, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष खड्का लगायत नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय समेतको  उपस्थिति रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...