News Portal

नेपाली कथानक चलचित्र ‘सिटी अफ वार’को धरानमा शुभमुर्हत

लागूऔषध मुख्य बिषय!

विनोद विश्वकर्मा, धरान
७०७ पटक

साउन-१४,सोमबार/बुधबार – बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर तथा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा  निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’को आज धरानमा शुभमुर्हत गरिएको छ।

चलचित्रको मुख्य कलाकारको रुपमा रहेका जोसेफ लिम्बु र प्रशान्त राईले मुर्हत शर्ट समेत दिए । मुर्हत पछि चलचित्रको बारेमा कुराकानी गर्दै लेखक तथा निर्देशक बिजय सुब्बाले  ‘सिटी अफ वार’ धरानको परिवेशमा रहेर निर्माण गरिने बताए। 

विशेष गरेर किशोर-किशोरी र  युवायुवतीहरु लागूऔषध र कुलतमा फसेपछिको अवस्थालाई चलचित्र मार्फत प्रस्तुत गर्ने सुब्बाले बताए। कुनै बेला धरानमा धेरै मात्रमा लागूऔषधको प्रयोग तथा कारोवारीहरुले अशान्त बनाएको बिषय समावेश छ। धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ । 

चलचित्रमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले केही समय अगाडी आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशालामा सहभागी बिधार्थीहरुलाई विशेष प्राथमिकता दिएर उनिहरुलाईनै बिशेष भूमिकामा अनुबन्ध गरिएको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रका अध्यक्ष तथा प्रोजेक्ट म्यानेजर नबिन मेन्याङ्बोले जानकारी दिए । 

चलचित्रमा अन्य कलाकारहरुको पनि अभिनय रहने मेन्याङ्बोले जानकारी दिए । चलचित्र निर्माणमा कोही पनि निर्माताको रुपमा नभएपनी चलचित्रलाई सहकारी मोडलमा सबैको उतिकै भूमिका र दायित्व हुनेगरी सहभागीता रहेको जानकारी दिए । करिव एक महिनाको छायांकन सेड्युल रहेको चलचित्र करिब पौने दुई घण्टाको हुने छ।

चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समावेश गरिने मेन्याङ्बोले जानकारी दिए। चलचित्र छायांकन समाप्त पछि प्रदर्शनको बारेमा जानकारी दिने निर्माण युनिटले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...