News Portal

  • नेपाली कथानक चलचित्र ‘सिटी अफ वार’को धरानमा शुभमुर्हत

    लागूऔषध मुख्य बिषय!

    विनोद विश्वकर्मा, धरान
    ५९३ पटक

    साउन-१४,सोमबार/बुधबार – बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर तथा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा  निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’को आज धरानमा शुभमुर्हत गरिएको छ।

    चलचित्रको मुख्य कलाकारको रुपमा रहेका जोसेफ लिम्बु र प्रशान्त राईले मुर्हत शर्ट समेत दिए । मुर्हत पछि चलचित्रको बारेमा कुराकानी गर्दै लेखक तथा निर्देशक बिजय सुब्बाले  ‘सिटी अफ वार’ धरानको परिवेशमा रहेर निर्माण गरिने बताए। 

    विशेष गरेर किशोर-किशोरी र  युवायुवतीहरु लागूऔषध र कुलतमा फसेपछिको अवस्थालाई चलचित्र मार्फत प्रस्तुत गर्ने सुब्बाले बताए। कुनै बेला धरानमा धेरै मात्रमा लागूऔषधको प्रयोग तथा कारोवारीहरुले अशान्त बनाएको बिषय समावेश छ। धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ । 

    चलचित्रमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले केही समय अगाडी आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशालामा सहभागी बिधार्थीहरुलाई विशेष प्राथमिकता दिएर उनिहरुलाईनै बिशेष भूमिकामा अनुबन्ध गरिएको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रका अध्यक्ष तथा प्रोजेक्ट म्यानेजर नबिन मेन्याङ्बोले जानकारी दिए । 

    चलचित्रमा अन्य कलाकारहरुको पनि अभिनय रहने मेन्याङ्बोले जानकारी दिए । चलचित्र निर्माणमा कोही पनि निर्माताको रुपमा नभएपनी चलचित्रलाई सहकारी मोडलमा सबैको उतिकै भूमिका र दायित्व हुनेगरी सहभागीता रहेको जानकारी दिए । करिव एक महिनाको छायांकन सेड्युल रहेको चलचित्र करिब पौने दुई घण्टाको हुने छ।

    चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समावेश गरिने मेन्याङ्बोले जानकारी दिए। चलचित्र छायांकन समाप्त पछि प्रदर्शनको बारेमा जानकारी दिने निर्माण युनिटले जानकारी दिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...