News Portal

नुवाकोट अदालतको आदेशले तपस्वी बम्जन रिहा, सिन्धुपाल्चोक लगियो

हिमालीसंचार संवाददाता
३२२ पटक

साउन-९, बुधबार/नुवाकोट – आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरिएको छ।

एक महिला बेपत्ता बनाएको अभियोगमा उनलाई नुवाकोट प्रहरीले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको थियो।

अदालतले उनलाई थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। उनलाई छुट्टै मुद्दा दायरका लागि कडा सुरक्षाको साथ सिन्धुपाल्चोक लगिएको छ।

सोही मुद्दाका सम्वन्धमा अनुसन्धान गर्न बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखिएको थियो। गत ०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका-३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि प्रहरीले बम्जनमाथि मुद्दा दायर गरेको थियो।

तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतल बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...