News Portal

  • दैनिक ९७ सडक दुर्घटना: औसतमा सात जनाको मृत्यु, ८८ घाइते

    हिमालीसंचार संवाददाता
    ३०६ पटक
    hhh

    काठमाडौं। नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन्।

    ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन्।

    ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन्। सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन्।

    सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ।

    गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल/स्कुटर, छ हजार आठ सय ३७ कार/जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल/रिक्सा, एक हजार चार सय ६८ ट्रक/ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो/म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए।

    एक अर्ब ७५ करोड ट्राफिक राजस्व !

    ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा रु एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व सङ्कलन गरेको छ।

    गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो।

    सत्र सय प्रहरीमाथि कारबाही !

    प्रहरीले सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ। कारबाहीमा पर्ने सबैभन्दा बढी प्रहरी जवान छन् ।

    गतवर्ष तीन प्रहरी वरिष्ठ उपरीक्षक, एक प्रहरी उपरीक्षक, ११ प्रहरी नायब उपरीक्षक, २६ प्रहरी निरीक्षक, १६ प्रहरी वरिष्ठ नायब निरीक्षक, ४८ प्रहरी नायब निरीक्षक, एक सय १८ प्रहरी सहायक निरीक्षक, ६७ प्रहरी वरिष्ठ हवल्दार, दुई सय ८२ प्रहरी हवल्दार, तीन सय ३८ प्रहरी सहायक हवल्दार, सात सय ६४ प्रहरी जवान र २७ प्रहरी कार्यालय सहयोगीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

    गतवर्ष प्रहरी अतिरिक्त महानिरीक्षकसहित आठ हजार आठ सय ३४ जनालाई पुरस्कृत गरिएको छ।

    सो वर्ष १२ वरिष्ठ प्रहरी अधिकृत, दुई सय ३५ कनिष्ठ प्रहरी अधिकृत र पाँच सय ४५ अन्य दर्जा गरी कूल सात सय ९२ जनाले राजीनामा दिएका छन् भने विभिन्न तहका पाँच सय ४४ जना अनिवार्य अवकाशमा गएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...