News Portal

मोरङको रंगेली प्रहरीद्वारा १५ सय केजी गाँजा नष्ट

रबिन्द्र बराल, मोरङ
२८० पटक

असार-२९, शनिबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले १५ सय किलोग्राम गाँजा नष्ट गरेको छ।

रंगेली ७ स्थित तिरुपति आर्यघाट नजिकैमा रहेको डस्वसिन साईडमा ठुलो मात्रामा गाँजा नष्ट गरिएको हो। गत १५ दिन अगाडि  धनपालथान गाँउपालिका वडा नम्बर ७ स्थित कमलपुर टोल बस्ने बर्ष ३० का राजकुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले  खोजतलास गर्दा निजको करेसा बारीमा  अवैध गाँजा लागूऔषध ४९ बोरा १५ सय ४८ किलोग्राम बरामद गरिएको थियो। 

उक्त गाँजा इलाका प्रहरी कार्यालय रङ्गेलीले शनिबार जिल्ला अदालतका नासु तेजेन्द्रप्रसाद साह, वडाअध्यक्ष रामचन्द्र मण्डल, नगरपालिका पशुपति लाल दास, स्थानिय, बुद्धिजीवी, पत्रकार लगायतको रोहवरहमा गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले  बताए ।

 

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...