News Portal

शिवपुरी यातायात प्रालिले पनि संचालनमा ल्यायो ईभी गाडी

हिमालीसंचार संवाददाता
१०७८ पटक

नुवाकोट। नुवाकोटमा बिगतदेखि नै यातायात क्षेत्रमा एकक्षत्र राज गर्दै आईरहेको शिवपुरी यातायात प्रालिले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दै ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ।

समितिमा केवाईसी कम्पनीको ११ सिटरको ईभी गाडी दर्ता गराएर ब्यबसायी कर्ण अधिकारीले २०८१ साल असार २६ गतेबाट संचालनमा ल्याएका छन्।

उक्त ईभी गाडीको काठमाण्डौ शामाखुशीदेखि छहरे टोखा हुँदै आप्रह, बाहुँनवेशी, खरानीटार, सातविशे, समुन्द्रटार रामतिसम्मको रूट तय गरीएको छ।

शिवपुरी यातायातले काठमाण्डौंदेखि दुप्चेश्वर घ्याङफेदीसम्मको रूटमा २८ वटा सुमो राखेर संचालनमा ल्याई रहेको प्रालिले नयाँ ईलेक्ट्रिक गाडी राखेर नयाँ आयम थपेको छ।

उक्त बिषयमा प्रालिका अध्यक्ष प्रलाद थापाले आउदा दिनहरूमा गुणस्तरीय सेवा दिनका लागि अझै कटीबद्ध भएर लाग्ने बताउनुभयो।

ईभी एसी सहितको गाडीमा यात्रा गर्दा गर्मी मौषममा यात्रुहरूलाई सहज हुने छ। यात्रुको सुविधालाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन लागि परेको शिवपुरी यातायात प्रालिले आउँदा दिनहरूमा सवारी धनीहरू र यात्रुहरूलाई अझै सुबिधा दिने कुरा समितिकै कार्यबाहक अध्यक्ष सुरज वाईबाले जानकारी दिनुभयो।

शिवपुरी यातायातले मुक्तिनाथ, हलेसी, पाथीभरा, मनकामना, दक्षिणकाली, प्यूठान स्वर्गद्वारी, दोलखा भिमसेन, कालिन्चोक, लुम्बिनीलगायतका स्थलहरू, पर्यटकीयक्षेत्र साथै नुवाकोट जिल्लाको सुगमदेखि दुर्गम ग्रामीण भेगहरूमा ठूला बसहरू जान नसकेको स्थानहरूमा सेवा दिनको लागि शिवपुरी यातायात प्रालिले सेवा दिईरहेको छ।

ग्रामीण भेगमा बिरामी भएका दाजुभाई तथा दिदीबहिनीहरूलाई समयमा नै अस्पताल पुराउनको लागि समेत शिवपुरी यातायातले विशेष सेवा दिदै आईरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...