News Portal

शिवपुरी यातायात प्रालिले पनि संचालनमा ल्यायो ईभी गाडी

हिमालीसंचार संवाददाता
११३५ पटक

नुवाकोट। नुवाकोटमा बिगतदेखि नै यातायात क्षेत्रमा एकक्षत्र राज गर्दै आईरहेको शिवपुरी यातायात प्रालिले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दै ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ।

समितिमा केवाईसी कम्पनीको ११ सिटरको ईभी गाडी दर्ता गराएर ब्यबसायी कर्ण अधिकारीले २०८१ साल असार २६ गतेबाट संचालनमा ल्याएका छन्।

उक्त ईभी गाडीको काठमाण्डौ शामाखुशीदेखि छहरे टोखा हुँदै आप्रह, बाहुँनवेशी, खरानीटार, सातविशे, समुन्द्रटार रामतिसम्मको रूट तय गरीएको छ।

शिवपुरी यातायातले काठमाण्डौंदेखि दुप्चेश्वर घ्याङफेदीसम्मको रूटमा २८ वटा सुमो राखेर संचालनमा ल्याई रहेको प्रालिले नयाँ ईलेक्ट्रिक गाडी राखेर नयाँ आयम थपेको छ।

उक्त बिषयमा प्रालिका अध्यक्ष प्रलाद थापाले आउदा दिनहरूमा गुणस्तरीय सेवा दिनका लागि अझै कटीबद्ध भएर लाग्ने बताउनुभयो।

ईभी एसी सहितको गाडीमा यात्रा गर्दा गर्मी मौषममा यात्रुहरूलाई सहज हुने छ। यात्रुको सुविधालाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन लागि परेको शिवपुरी यातायात प्रालिले आउँदा दिनहरूमा सवारी धनीहरू र यात्रुहरूलाई अझै सुबिधा दिने कुरा समितिकै कार्यबाहक अध्यक्ष सुरज वाईबाले जानकारी दिनुभयो।

शिवपुरी यातायातले मुक्तिनाथ, हलेसी, पाथीभरा, मनकामना, दक्षिणकाली, प्यूठान स्वर्गद्वारी, दोलखा भिमसेन, कालिन्चोक, लुम्बिनीलगायतका स्थलहरू, पर्यटकीयक्षेत्र साथै नुवाकोट जिल्लाको सुगमदेखि दुर्गम ग्रामीण भेगहरूमा ठूला बसहरू जान नसकेको स्थानहरूमा सेवा दिनको लागि शिवपुरी यातायात प्रालिले सेवा दिईरहेको छ।

ग्रामीण भेगमा बिरामी भएका दाजुभाई तथा दिदीबहिनीहरूलाई समयमा नै अस्पताल पुराउनको लागि समेत शिवपुरी यातायातले विशेष सेवा दिदै आईरहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...