News Portal

  • रेडक्रसको जग्गा पूर्ववडा अध्यक्षद्वारा अनाधिकृत रुपमा भोगचलन गर्दै

    रबिन्द्र बराल, मोरङ
    २५६ पटक

    असार-२६, बुधबार/मोरङ – नेपाल रेडक्रस सोसाइटीको जग्गा अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ। मोरङको सुनवर्षी नगरपालिका-६ कैरजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरको-१७ कठा जग्गा लामो समयदेखि सो गाउँपालिकाका पूर्ववडा अध्यक्षले अनाधिकृत रुपमा उक्त  जग्गा भोगचलन गरेको पाइएको हो।

    नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाले २०४४ सालमा खरिद गरेको १७ कट्टा जसमा सम्बन्धित निकायले चासो नदिदा उक्त जग्गाको उब्जनी पूर्व वडाअध्यक्ष तेजनारायण ताजपुरियाले उपभोग गरिरहेका छन् । 

    जग्गा उपभोग गरेवापत रेडक्रसलाई दिनुपर्ने रकम समेत नदिएको र एकलौटी रुपमा पूर्व वडाअध्यक्षले जग्गा भोगचलन गरेर बाली लगाउदै  आएको रेडक्रस सोसाइटी उपचार केन्द्र गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाले बताए ।  

    ०४४ सालमा बक्राहा खोलामा आएको बाढीले  खोलाको किनारमा बस्दै आएका २२ घर परिवार विस्थापित भएपछि रेडक्रसको सो जग्गामा उनीहरुलाई व्यवस्थापन गरिएको थियो। 

    ०५७ सालमा वाढी पिडितहरु आफैले सो जग्गा छाडेर अन्यत्र गएपछि विगत २४ वर्षदेखि तेज नारायण ताजपुरियाले एकलौटी रुपमा जग्गाको आमदानी भोगचलन गर्दै आईरहेका छन् । 

    सो जग्गाबाट आउने उब्जनी समेत उनले आफै नै उपयोग गर्दै आइरहेको र हालसम्म उक्त खेतबाट आएको रकम पनि के कति भयो कुनै हिसाब लेखाजोखा नराखेको र जिल्ला रेडक्रस कार्यालयले उक्त जग्गाको विषयमा कुनै चासो नदेखाएका कारण उनले भोगचलन गर्दै आएका हुन्। 

    उनले २४ वर्षदेखि जग्गा भोगचलन गरेपनि सो बापत कुनैपनि रकम रेडक्रस शाखालाई बुझाएका छैनन्। रेडक्रस शाखा मोरङ जिल्लाका अध्यक्ष सुबोध कुमार सिहले जग्गाको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको भन्दै पन्छिन खोजेका छन्। 

    उनले २४ बर्षदेखि आफ्नो शाखालाई कुनै पनि जग्गाको रकम हालसम्म उपलब्ध नभएको स्वीकार गरेका छन्। उनका अनुसार  उक्त रकम आफूले जसरी भएपनि छानबिन गरेर दोषीमाथि कारबाही गरी २४ बर्षको  रकम असुली गर्ने बताए ।  

    समितिका सचिव बैजनाथ झाका अनुसार उक्त जग्गाको बार्षिक २५ हजार रुपैयाँको दरले पुर्व वडाअध्यक्षले ठेक्काको रकम  लिदै आईरहेको र आफूहरूले समेत  जग्गाको रकमको खोजबिन गर्दा आफूहरूलाई समेत जिल्लामा सबै रकम बुझाउँदै गरेको ताजपुरीयाले बताउदै आएको झाले बताएका छन्।   

    पूर्व अध्यक्ष तेज नारायण ताजपुरीसंग सम्पर्क गर्दा उनले भने आफूले बर्षिक  रुपमा जिल्ला शाखालाई रकमा बुझाउदै आएको बताएका छन ।  सो विषयमा रेडक्रस शाखा सोसाइटी उपचार केन्द्र सुनवर्षीका अध्यक्ष लालबहादुर ताजपुरियाले त्यो जग्गाको हिसाबकिताब हालसम्म पनि नदिएको बताए । 

    आफू अध्यक्ष भएपनि जग्गाको हिसाव किताव बारे कुनै जानकारी नदिएको उनके भनाई छ । यसरी सार्वजनिक सम्पत्तिमा समेत पूर्व वडाअध्यक्षको हालीमुहाली भएपछि अहिले चौचर्फी विरोध भईरहेको छ।यस विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी देखिन्छ । 

    अहिलेको मुल्याङ्कन गर्ने हो भने विगत २४ वर्षदेखिको उक्त रकम भरपाई क्षतिपूर्ति सहित तिर्नुपर्ने देखिन्छ। उनले हालसम्म तिर्नुपर्दा ६ लाख रुपैयाभन्दा बढी रकम जिल्ला रेडक्रस कार्यालयलाई बुझाउनुपर्ने देखिन्छ। तर, जिल्ला रेडक्रस तथा स्थानीयको मिलेमतोमै सो कार्य भएको स्थानीयले समेत आरोप लगाउँदै आएका छन् । 

    अहिले रेडक्रस सोसाइटी उपचार केन्द्र सुनवर्षी-६ मा रहेको अहिले बेकामे बनेको छ । सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...