News Portal

युवाहरु माझ चर्चित खेल एमएमए फाइट प्रशिक्षण धरानमा सुरु हुने

विकास चाम्लिङ राई, धरान
४४८ पटक

असार-२४, बिहिबार/धरान – विश्वमा नै युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ ।

सुनसरीको धरानमा यहि असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोड स्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेका हुन्। काठमाडौं र पोखरा गरि तीन स्थानमा मात्र प्रशिक्षण हुने एमएमए फाइट प्रशिक्षण कोशी प्रदेश भरी धरानमा यो पहिलो हो। वरियर्स डेन युवा नेता सन्तोष विक र एमएमए खेलाडि एलिस लिम्बुले संचालन गर्न लागेका हुन् ।

व्यवसायीक रुपमा खोल्न अघि वरियर्सले यहि असार १६ गतेदेखि २२ गतेसम्म एक हप्ते एमएमए सेमिनारको आयोजना गर्ने कार्यक्रम रहेको छ। एमएमए फाइट खेलको प्रवद्धन तथा आधारभुत प्रशिक्षण दिनका लागि एक हप्ते एमएमए फाइट सेमिनारको आयोजना गरिएको वरिवर्स डेनका संचालक एवं एमएमए खेलाडि एलिस लिम्बुले जानकारी गराए । 

एक हप्तासम्म चलेको सेमिनार तथा प्रशिक्षणमा सहभागि विद्यार्थीहरुलाई युकेबाट आएका एमएमए फाइटका प्रोफेसनल खेलाडि रिर्चड मर्सन र एलिस लिम्बुले प्रशिक्षण दिएका थिए ।सेमिनारमा धरान आर्दश, केके स्कुल र डिपि विलिभर्स स्कुलका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई एमएमए फाइट प्रशिक्षण संगै सहभागिहरुलाई एमएमए खेलको विषयमा जानकारी समेत गराइएको संचालक सन्तोष विकले जानकारी गराए।

एमएमए फाइट भन्न वित्तिक्कै अलि एग्रेसिभ र फरक खेलको रुपमा बुझ्ने गरेको पाइन्छ। तर, यो विल्कुलै अन्य खेलकूद जस्तै सामान्य खेल नै हो । यो फाइट आर्ट हो । यस खेलले अनुशासन, हार्डवर्क, फिटनेस र सेल्फ डिफेन्स सिकाउने प्रशिक्षक एलिस लिम्बुले बताए । 

लिम्वुले भने, एमएमए प्रशिक्षणमा सहभागि विद्यार्थीहलाई तिन विद्या सिकाउछौ । पहिलो कसरी सेल्फ डिफेन्स गर्ने व्राजिलियन फिजित्सु आर्ट, दोस्रो कसरी लडाउने भनेर रेस्लिङ आर्ट र कसरि डिफेन्स गर्दै प्रहार गर्ने कला स्ट्राइकिङ आर्ट सिकाउछौ । विभिन्न फाइट आर्टहरुको मिश्रण रहेको खेल एमएमए फाइट आर्ट अमेरिकाबाट सुरु भएको हो । 

अहिले विश्वमा नै लोकप्रिय र व्यावसायीक रुपमा यो खेल सफल बन्दै गइरहेको लिम्बुले बताए । लिम्बु आफै पनि केहि महिनापछि माल्दिभ्समा हुन लागेको एमएमए फाइटमा वरियर्स डेनबाट नेपालको प्रतिनिधित्व गर्दै खेल्न जान लागेका छन्।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...